गेरुवा गाउँपालिकामा आयोजित निशुल्क स्वास्थ्य शिविर बाट १ सय ६७ जना लाभान्वित भएका छन् ।

गेरुवा गाउँपालिका वडा नं ५ को आयोजनामा पशुपतिनगर स्थित पशुपति माध्यमिक विद्यालयमा शनिवार सञ्चालन गरिएको निशुल्क शिविरमा महिला १ सय २१ र पुरुष ४६ जना गरी जम्मा १ सय ६७ जना लाभान्वित भएका हुन् ।

शिविरमा शिक्षण अस्पताल कोहलपुर बाट पेजमा आएको डा. मधु अर्याल, डा.हर्षित पाठक, डा. विनोद प्याकुरेलले विरामीहरको जाँच गरेका थिए । शिविरमा विरामीहरुको छाती, मुटु, फोक्सो, नसा, उच्चरक्तचाप, सुगर, थाईराइड तथा दम सम्वन्धि रोगहरुको जाँच गरिएको थियो ।

सामाजिक उत्तरदायित्व जिम्मेवारी वहन गर्दै शिक्षण अस्पताल कोहलपुरको सहकार्यमा शिविरको आयोजना गरिएको बताउँदै वडा अध्यक्ष धर्मप्रकाश थारुले शिविरबाट वडा वासीहरुले आफ्नैघर आँगनमा विशेषज्ञ सेवा पाएको बताए ।
