Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

‘थारु भएर थारु भाषा बोल्न लाज मानेका कारण थारु जातीको उत्थान हुन नसकेको हो’– नगर प्रमुख चौधरी

  • बर्दिया टुडे
  • 7.1K
    SHARES
  •  

    राजापुर नगरपालिकाका प्रमुख शिब प्रसाद चौधरीले थारु भएर थारु भाषा बोल्न लाज मानेका कारण थारु जातीको उत्थान हुन नसकेको वताएका छन् । उनले थारुहरुको उत्थानका लागि भाषा संस्कृतिको जगेर्ना गर्न जरुरी भएको बताए ।


    ADVERTISEMENT

    images

    बखरिया उल्टहुवा थारु समाज बर्दियाको प्रथम जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रममा वोल्दै नगर प्रमुख चौधरीले थारुहरुको उत्थान तथा भाषा, संस्कृति परम्पराको संरक्षणका लागि थारु जातीभित्र रहेका बिभिन्न थर, गोत्रहरुको प्रवद्र्धन र विकास गर्न जरुरी भएको बताए ।

    थारु जातीको भाषा ,संस्कृति, परम्परा र रितीरिवाज संरक्षण र प्रवद्र्धनका लागि बेला बेलामा आयोजना गरिने कार्यक्रक र सम्मेलनले महत्वपुर्ण भुमिका खेल्ने बताउँदै चौधरीले भाषा संस्कृति र परम्परा जोगाउन इच्छा राखेरमात्र सम्भव नहुने बताए । उनले भने,–‘भाषा संस्कृति र परम्परा जोगाउन सबै आ –आफ्नो ठाउँबाट व्यवहारिक रुपमा लाग्नु पर्छ ।’

    उद्घाटन कार्यक्रममा बोल्दै थारुकल्याणकारिणी सभाका जिल्ला सचिव हरिहर थारु,आदिवासी जनजाती महासंघका जिल्ला अध्यक्ष मेघ बहादुर गुरुङ्ग, बखरिया उल्टहुवा थारु समाज बाँके, कैलाली र कन्चनपुरका जिल्ला अध्यक्षहरु क्रमशःखल्लु प्रसाद बखरिया, शंकर बखरिया, पुष्कर बखरिया र मानपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन चौधरी लगायतले राजापुर नगरपालिका वडा नं. ६ मानपुर टपरामा मंगलबार देखि शुरु भएको ३ दिने जिल्ला सम्मेलनको सफलताको शुभकामना दिएका थिए ।

    जिल्ला तदर्थ समितिका अध्यक्ष मदनकुमार बखरियाको सभपतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा बखरिया उल्टहुवा थारु समाज बर्दियाका बर्दियाका सल्लाहकार मोहन बखरियाले आमन्त्रित अतिथिहरुलाई स्वगत गर्दै सम्मेलनको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको सञ्चालन कोमल बखरियाले गर्नु भएको थियो ।

    सम्मेलनले बखरिया उल्टहुवा थारुहरुको शैक्षिक, आर्थिक सामाजिक र राजनैतिक अवस्थाको विश्लेषण गर्दै संस्कृति, परम्परा र पुजाआजामा एकरुपता लयाउने र वार्षिक कार्ययोजना निर्माण गर्ने आयोजकले बताएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij