Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

शान्ति सुरक्षामा कुनै कमि आउन नदिने प्रहरी निरिक्षक नवराज केसीको प्रतिवद्धता

  • बर्दिया टुडे
  • 4.0K
    SHARES
  •  

    गेरुवा गाँउपालीकाका जनताको शान्ति सुरक्षामा कुनै कमि आउन नदिने नव आगन्तुक प्रहरी निरिक्षक नवराज केसीले बताउनु भएको छ ।


    ADVERTISEMENT

    images

    इलाका प्रहरी कार्यलय पाताभारमा सरुवा भई आउनु भएका प्रहरी निरिक्षक केसीले पहिलो पटक राख्नु भएकाे परिचयात्मक कार्यक्रममा यस्तो बताउनु भएको हो ।

    गाँउपालीकामा घरेलु हिंसा महिला हिंसा तथा लागुऔषध दुर्व्यशनी वाट यहाँका आम नागरिक समस्यामा परेको सहभागीहरुले बताएछी सोको न्यूनिकरणकालागी आफु र मातहतको प्रहरी युनीटलाई दुरुस्त राखिने प्रहरी निरिक्षक केसीले प्रतिवद्धता जनाउनु भयो ।

    इलाका प्रहरी कार्यालय पाताभारले आयोजना गरेको कार्यक्रममा गेरुवा गाँउपालिकाका उपाध्यक्ष हेम कुमारी चौधरी प्रमुख अतिथी रहनु भएको    थियो ।

    कार्यक्रममा बिभिन्न राजनीतिक दलका पदाधिकारी, वडा सदस्य, सथानी बासिन्दा बुद्धीजीवि बडघर लगायतको सहभागिता रहेको थियो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij