अवैध रुपमा भन्सार छली ल्याइदै गरेको व्यापारीक प्रयोजन सामान सहित राजापुर बजारवाट ४ जना प्रक्राउ पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बर्दिया र सशत्र प्रहरीको संयुक्त गस्ति टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्ला लख्खिमपुर भारतका अन्दाजी ४९ बर्षका अनिम अन्सारी , राजापुर बर्दियाका बर्ष २० का सानु अन्सारी राजापुरकै ३२ बर्षीय सानुवावु अन्सारी र राजापुरकै बर्ष २० का गुप्तान अन्सारी रहेका छन् ।
उनिहरुलाई राजापुर बजार स्थित कृषी बिकास वैंङ्क नजीकै वाट पक्राउ गरिएको हो ।
पक्राउ गरिएको व्यापारीक सामानहरुमामा हार्डवेयर, कस्मेटीक समान ,खेलौना कपडा लगायत रहेको बताइएको छ ।
पक्राउ गरिएको सामान अन्दाजी १ लाख ५० हजार बराबरको रहेको इलाका प्रहरी कार्यलयका डिएस्पी बिश्वराज खड्काले जानकारी दिनुभयो । पक्राउपरेका चारै जनालाई थप अनुसन्धानकालागी जिल्ला प्रहरी कार्यलय बर्दिया पठाइएको छ ।