Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

निःशुल्क स्वास्थ्य शिविरबाट बर्दिया र कैलालीका करिव ४ सय ५० जना लाभान्वित

  • बर्दिया टुडे
  • 3.9K
    SHARES
  • बर्दियाको राजापुर नगरपालिकामा सञ्चालित एक दिने निःशुल्क स्वास्थ्य शिविरबाट बर्दिया र कैलालीका करिव ४ सय ५० जना लाभान्वित भएका  छन् ।

    भयावह रुपमा वढ्दै गएको सुगर र मृगौलाको निःशुल्क रगत जाँच सेवा दिने उद्देश्यल रेडियो साथी एफ एम ९५मेगाहर्जकोे आयोजना र यशोदा इन्द्रेणी डाइग्नोष्टिक नेपालगंजको प्रबिधिक सहयोगमा राजापुर दुर्गादेवी मेमोरियल पोलिक्लिनिक राजापुरको हलमा शुक्रवार एक दिने शिविरको सन्चालन गरिएकोे रेडियो साथी एफ एमका अध्क्षय विश्वमान प्रधानले बताउनु भयो ।
    राजापुर कम्युनिकेशन प्रा लि का अध्यक्ष विश्वमान प्रधानको सभापतित्वमा भएको शिविर उद्घाटन समारोहका प्रमुख अतिथी राजापुर नगरपालिका वडा नं. ८ का वडाध्यक्ष चिन्ता मणि आचार्यले गर्नुभएको थियो । शिविरमा काठमाडौंको ॐ अस्पतालमा कार्यरत डाक्टर बजरंग कुमार रौनियार र काठमाडौंको मेडिसिटी अस्पतालमा कार्यरत डाक्टर दिपक कुमार मिश्र, सेरोल्याब प्रा लि काठमाडौका सञ्चालक धिरेन्द्र कुमार श्रेष्ठ, यशोदा इन्द्रेणी डाइग्नोष्टिक नेपालगंजका सञ्चालक विरेन्द्र कुमार श्रेष्ठ लगायतको प्राविधिक टोलीलेसेवा पु¥याएको थियो ।


    ADVERTISEMENT

    images

    निःशुल्क स्वास्थ्य शिविरमा आएर सेवा गर्न पाएकोमा आफुहरु पनि खुशी भएको वताउदै डाक्टरले पैसामा भन्दा पनि सेवाको भावनालाई उच्च वनाउनु पर्ने ॐ अस्पताल काठमाडौंका डाक्टर रौनियारले वताउनु भयो ।

    साथी एफ एमका प्रबन्धक केशव कोईरालाले शिविरका वारेमा जानकारी गराउदै सेवाग्राहीहरूले सुगर, थाइराइड, भ्ऋन्, महिनावारी गडबडी, यौन इच्छामा कमी, थकान महसुस हुनु, घाँटी दुख्ने, टाउको दुख्ने लगायतका समस्याहरु लिएर आएको बताउनु भयो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij