कर्णाली नदीको धार परिवर्तन हुन थालेपछि सरोकारवालाहरु निकासको खोजिमा लागेका छन् ।
कर्णाली नदीले धार परिवर्तन गरेका कारण बर्दिया र कैलालीका नदी तटिय क्षेत्रका बासिन्दाको खेतीयोग्य जमिन र वासस्थान बगरमा परिणत हुनुका साथै बस्तिमा बाढी पस्ने खतरा बढेपछि सरोकारवाला निकासको खोजिमा लागेका हुन् ।
कर्णाली नदीले पारेको प्रभाव र आवश्यक योजना वारे शुक्रवार राजापुरमा अन्तर जिल्ला समन्वय तथा कर्णाली नदी व्यवस्थापन सम्बन्धी अन्त्रक्रिया सम्पन्न भएको छ ।
अन्तरक्रियामा कर्णाली नदीको क्षेत्रका वारेमा हुने समस्या नियन्त्रण गर्न दुई जिल्ला बिच के कस्तो समन्वय गर्ने भन्ने बिषयमा छलफल भएको छ । छलफलमा नदीको बहावको आधारमा सिमा टुङ्ग्याउनुका साथै नदी कटान बाट उत्पन्न हुने समस्यालाई दुवै पालिका मिलेर अल्पकालिन र दीर्घकालीन समाधान गरिने सहमति भएको छ ।
कार्यक्रममा कर्णाली नदी व्यवस्थापन आयोजना राजापुरका निर्देशक श्रेष्ठले कर्णाली नदी तटबन्धले राजापुर नगरपालिकाको १ नं वडाका मुर्घह्वा सहित केहि ठाउमा तटबन्ध भत्काएकाले त्यसको पुर्ननिमार्णकालागी अर्थमन्त्रालयमा बजेट मागगरी कार्य प्रारम्भ भएको समेत जानकारी गराउनु भयो ।
निर्देशक श्रेष्ठले कर्णाली नदीको अवस्था तथा बिगत र हाल भइरहेका कार्यहरुवारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । राजापुर नगरपालिकाका तर्फबाट आफ्ना धारणा राख्दै नगर प्रमुख शिव प्रसाद चौधरीले कर्णाली नदीले धार परिवर्तन गर्दै वडा नं. १ को मुर्घहवा, टिहुनीमा तिव्र कटान गरिरहेको ले अल्पकालिन तथा दीर्घकालीन योजना ल्याएर रानी जमराकुलरिया तथा कर्णाली नदी नियन्त्रणले काम गर्नु पर्ने वताउनु भयो ।
टिकापुरका नगर प्रमुखले मन्तव्य राख्दै दुबै पालिकाले प्रयास गरेमा नदी समस्या समाधान हुने र बर्दिया तर्फ कटान वढेकाले जल उत्पन्न प्रकोप न्यूनीकरणमा चनाखो हुनु पर्ने धारणा राख्नु भएको थियो ।
अन्तरक्रियामा संविधान सभा सदस्य गरिमा शाह, बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, कैलाालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज वोहरा, राजापुर नगरपालिकाका नगरप्रमुख शिवप्रसाद चौधरी, टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावल बर्दिया प्रहरी प्रमुख राजेशनाथ वास्तोला कर्णाली नदी व्यवस्थापन आयोजना राजापुरका निर्देशक केदारकुमार श्रेष्ठ लगायत अन्य सरोकारवालाको उपस्थिति रहेको थियो ।