Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बर्दियामा ट्रक दुर्घटना : तीन जनाको ज्यान गयो

  • बर्दिया टुडे
  • 6.0K
    SHARES
  • पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने बर्दिया राष्ट्रिय निकुञ्जभित्र ट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।


    ठाकुरबाबा नगरपालिकाको आम्बासादेखि ६ झण्डै किलोमिटर पश्चिमतर्फ निकुञ्जभित्र पर्ने राजमार्गमा टूक दुर्घटना हुँदा दुई जना महिला र एक जना पुरुषको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ ।


    ADVERTISEMENT

    images


    भैरहवाबाट फलामे छड लोड गरी धनगढीतर्फ गइरहेको लु २ ख १०६८ नम्बरको ट्रक बुधबार बिहान चार बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाउनेमा बाँके खजुरा –६, कोहलपुर बस्ने ३५ वर्षीया प्रतिमा सुनार, खजुरा गाउँपालिका जी गाउँ बस्ने ४० वर्षीया पवित्रा सुनार परियार तथा सहचालक गुल्मी जिल्ला घर भएका निमबहादुर सार्की रहेका छन् ।

    फलामे छड बोकेको ट्रकमा च्यापिएकाको शव जेसीबीको सहायताबाट बाहिर निकालिएको प्रहरीले जनाएको छ ।

    ट्रक चालक घोराही उपमहानगरपालिका ११ कपासेका कर्णबहादुर चौधरी घाइते भएका छन्

    बाँकेको कुसुमबाट आफन्तको मृत्यु भएकाले कर्णाली चिसापानीसम्म लगिदिन आग्रह गरेपछि दुई जना महिला ट्रकमा चढेको ट्रकका चालक चौधरीले बताएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij