नेपाल सरकारले मनाउन लागेको भ्रमण वर्ष २०२० को तयारी प्रदेश ५ को बर्दिया जिल्लामा गरिएको छ ।
नेपाल भ्रमण वर्ष सन् २०२० को प्रदेश स्तरीय शुभारम्भ कार्यकम प्रदेश नं. ५ सरकार अन्र्तगतको उद्योग पर्यटन वन मन्त्रालय, प्रदेश स्तरीय पर्यटन प्रबर्धन समितिको आयोजनामा बर्दियाको ठाकुरद्वारामा गरिने भएको हो ।
कार्यक्रमलाई व्यवस्थित बनाउन बर्दिया जिल्लाका होटल व्यवसायी, यातायात व्यवसायी, पर्यटन समिति, सञ्चार क्षेत्र तथा विभिन्न सामाजिक सङ्घसंस्थासँग समन्वय गरिएको जिल्ला स्तरिय पर्यटन प्रवद्र्धन समितिका सहसंयोजक तथा जिल्ला समन्वय समिति बर्दियाका संयोजक शंकर प्रसाद थारु बताए ।
प्रदेश ५ मा “घुम्न जाँउ बर्दिया” भन्ने मुल नाराका साथ भ्रमण वर्ष २०२० को शुरुवात गरिने छ ।

५ नम्बर प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको भ्रमण वर्ष पर्यटन प्रवद्र्धन समिति लगायत संघसंस्थाहरुले आवश्यक तयारी गरेका छन । प्रदेश स्तरका भ्रमण वर्ष २०२० को उद्घाटन प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले गर्ने पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ ।
जनवरी १ को अघिल्लो राती प्रदेश मन्त्रालयको सहयोग र बाँके होटल एसोसियसनको आयोजनामा भ्रमण वर्षको शुरुवात गर्ने कार्यक्रममा करिब २ हजार २० भारतिय पर्यटक भित्रियाउने कार्यक्रम रहेको पर्यटन प्रर्वद्धन समितीले जनाएको छ ।
५ नं प्रदेश अन्र्तगतका विभिन्न जिल्ला घुम्दै पर्यटकका लागी भ्रमण गर्न आवश्यक रहेको बर्दिया निकुञ्जको भनाई छ । पर्यटकिय क्षेत्रका विकास एव सरकारलाई आम्दानीको मुख्य स्रोत बर्दिया नै भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । जसका निम्ती सरकारले लिएको लक्ष्य अनुसारका कार्य गर्न सके मात्र सफल हुने बरालको तर्क छ ।

बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकामा रहेको ठाकुरबाबा मन्दिर परिसरको खुल्ला मैदानमा पौष १६ गते बिहान ११ बजे कार्यक्रमको आयोजना गरिएको छ । प्रदेश नम्बर ५ का पर्यटनमन्त्री लीला गिरीको अध्यक्षतामा विविध सांस्कृतिक तथा सन्देश मूलक कार्यक्रम हुने जनाइएको छ । “नेपाल भ्रमण वर्ष २०२०” अन्र्तगत “घुम्न जाऊँ बर्दिया” औपचारिक रूपमा शूरुवात हुनेछ ।
प्रदेश ५ को भ्रमण वर्षको शुरुवात बर्दिया जिल्ला देखी हुनु बर्दियाली नागरिकका लागी गौरबको विषय भएको नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्र प्रसाद धिताले बताए । स्वस्फुर्त विषयमा सवै संचारकर्मी आफनो स्रोत साधन खर्चेर भएपनि लाग्नु पर्ने उनले भने । जिल्लाका कुनै संचारमाध्यम वा संचारकर्मीलाई यस कार्यक्रमका सन्दर्भमा जानकारी नपाएको भन्ने प्रतिक्रिया आए पुर्वाग्रह हुने समेत अध्यक्ष धितालले बताए ।