Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

महिला तथा बालबालिकाहरु खुला सिमानाका कारण जोखिममा

  • बर्दिया टुडे
  • 3.8K
    SHARES
  • मानव वेचविखन तथा ओसार पसार नियन्त्रणका लागि माइती नेपाल बर्दियाले महिला तथा बालबालिकाहरु खुला सिमानाका कारण जोखीममा पर्ने गरेको पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।

    जोखिम पुर्ण यात्रामा रही नेपाल भारत सिमानाबाट उद्दार गरि आवधिक गृहमा राखी परामर्श प्रदान गरि सन २०१९ मा १३३ जनालाई आफन्तको जिम्मा लगाएको माइती नेपाल बर्दियाकी कार्यक्रम संयोजक गायत्री रिमालले जानकारी गराएकी छिन् ।


    ADVERTISEMENT

    images

    संयोजक रिमालले जबरजस्ती करणी मुद्दा दर्ता भएका २९ जनालाई आवश्यक सहयोग र परामर्श दिएको कार्यक्रममा बताएकी थिइन । उनले माइती नेपालले घरेलु हिंसा, यौन शोषणमा परेकाहरुको उद्दार गरिनुका साथै भारतबाट अनाधिकृत रुपमा रोजगारीका लागि भारत जानेहरुको खोजतलास गरि उनीहरुलाई परिवारको जिम्मा लगाई घर पठाउने बातावरण सिर्जना गरिएको कार्यक्रममा रिमालले बताइन ।

    माइती नेपाल बर्दियाकी संयोजक रिमालले महिला तथा बालबालिकालाई रोजागारीको वहानामा भारत प्रवेश गराई यौन शोषण तथा बालबालिकालाई डान्सक्लबहरुमा विक्रि वितरण गर्ने गरेको पाईएको उनले बताएकी छिन । उनका अनुसार भारतमा माइती इन्डिया र अन्य सरकारी तथा गैर सरकारी निकायहरु सँग समन्वय गरि उद्दार गर्ने गरिएको छ । भारतमा विभिन्न वाहानामा ललाई फकाई जुनसुकै उमेरका महिला तथा बालबालिकालाई वेचविखन गर्ने गरेका छन् , जसमध्ये जातीगत रुपमा जनजाती ३३, ब्राम्हण÷क्षेत्री २७, दलित २३, जनजाती ६४ र आदिवासी १९ जना रहेको कार्यक्रममा जानकारी गराईएको थियो ।
    पत्रकार सम्मेलनका नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्र धितालले अपराधिक मानसिकताका व्यक्तिहरुले बर्दियाको भूमि प्रयोग गर्ने गरेका कारण माइती नेपालले नाका बाह्ेक अन्यत्र पनि आफ्नो उपस्थिती जनाउन आग्रह गरेका थिए । अध्यक्ष धितालले जघन्य अपराधका विषयमा संचारकर्मीहरुको कलम सदैव चलिरहने करामा जोड दिएका थिए ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij