गेरुवा गाउँपालिकाको शान्तिवजारमा रहेको शिशिर साना किसान कृषि सहकारी संस्थाको ५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सनिवार सम्पन्न साधारण सभाको उद्घाटन गर्दे गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह के. सी.ले गाउँगाउँमा भएका सहकारीका कारण पहिले जस्तो नागरिक लाई साहुको चर्को ब्याजमा डुबन नपरेको बताउँदै सबेलाई सहकारीमा आवद्ध भएर कुनै उद्यम गर्न आग्रह गर्नु भयो । उहाँले विगतमा पनि गाउँपालिकाले सहकारी लाइृ सहयोग गरेको भन्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।

उद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्दै वडा नं. २ का अध्यक्ष आलोक कुमार थारुले कमाएर मान्छे धनि हुन नसक्ने भन्दै बचत गर्ने सक्ने मान्छे नै धनी बन्न सक्ने बताउनु भयो । उहाँले भन्नुभयो –आजको बचत वढेसकालमा काम लाग्छ त्यसैले सहकारीमा सबै आवद्ध भउर आजै देखि वचत गर्न थाल्नु होस ।

साधारण सभाको उद्घाटन सत्रमा संस्थाको वार्षिक प्रतिबेदन, प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष ०७६÷०७७का लागि प्रस्तावित निति तथा कार्यक्रमहरु क्रमश संस्थाका अध्यक्ष राजु बडुवाल क्षेत्री रप्रवन्धक मनिष चौधरीले प्रस्तुत गर्नुभएको थियो ।

कर्यक्रममा विभिन्न बिधामा उत्कृष्ठ कार्य गर्ने संस्थाका सदस्यहरुलाई पुरस्कार सहित सम्मान गरिएको थियो ।