Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

महिला नेतृत्व क्षमता विकास तथा सशक्तीकरण तालिम सम्पन्न

  • बर्दिया टुडे
  • 11.7K
    SHARES
  • महिला नेतृत्व क्षमता विकास तथा सशक्तीकरण तालिम ठाकुरवावा १ स्थित जनचाहना आधारभुत विद्यालय डुम्रेनीमा शनिबार सम्पन्न भएको छ ।

    नेपाल शिक्षक संघ जिल्ला कार्य समिति,बर्दियाकाे आयाेजना र नेपाल शिक्षक संघ,महिला विभाग,बर्दियाको संयाेजनमा आयाेजित तालिममा बर्दिया जिल्लाका विभिन्न स्थानीय तहमा रहेका नेपाल शिक्षक संघ र संघबाट शिक्षकखमहासंघमा प्रतिनिधित्व गर्ने महिला नेतृहरूकाे सहभागिता रहेको थियोे ।


    ADVERTISEMENT

    images

    तालिममा नेपाल शिक्षक संघ,प्रदेश नं.५ का महिला उपाध्यक्ष शान्ति याेगीले महिला शसक्तिकरण, प्रदेश नं.५ का उपाध्यक्ष यज्ञ नेपालले नेपाल शिक्षक संघकाे ईतिहास,नेपाल शिक्षक महासंघ,प्रदेश नं.५ का उपमहासचिव नवराज ढुंगानाले नेतृत्व विकास र नेपाल शिक्षक संघ,बर्दियाका महिला उपाध्यक्ष लक्ष्मी पाैडेलले नेपालमा महिलाहरूकाे अवस्था र संघका अर्थ सहसचिव सीता गाैतमले आर्थिक जिम्मेवारी र सदस्यता नवीकरणका वारेमा प्रशिक्षण दिनु भएको थियोे ।

     

    महिला शिक्षक तथा नेपाल शिक्षक संघका महिला नेतृहरूलाई महिला सशक्तीकरण तथा नेतृत्व क्षमता विकासमा सहयोग पुर्याउने उद्देश्यले आयाेजित कार्यक्रमका सहभागीहरू मार्फत जिल्लाका आठ वटै स्थानीय तहहरूमा महिला नेतृत्व क्षमता विकास सम्वन्धी तालिम संचालन गरिने नेपाल शिक्षक संघ,बर्दियाका उपाध्यक्ष लक्ष्मी पाैडेलले वताउनु भयो ।

    कार्यक्रममा नेपाल शिक्षक संघ,बर्दियाका सचिव माधवराज ढकाल र नेपाल महिला संघ,बर्दियाका सचिव तारा अधिकारीले तालिम सफलताको कामना गर्दै शुभकामना व्यक्त गर्नु भएको थियोे । नेपाल शिक्षक संघ,बर्दियाका महिला उपाध्यक्ष लक्ष्मी पाैडेलकाे अध्यक्षता,प्रदेश नं.५ का महिला उपाध्यक्ष शान्ति याेगीकाे प्रमुख आतिथ्यता र प्रदेश उपाध्यक्ष यज्ञ नेपालकाे विशिष्ट आतिथ्यतामा आयाेजित कार्यक्रमकाे संचालन नेपाल शिक्षक महासंघ, ठाकुरवावा नगरसमिति उपाध्यक्ष सीता सापकोटाले गर्नु भएको थियोे ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij