नेपाल विद्यार्थी संघ र युवा सञ्जाल राजापुरले राजापुर नगरपालिका भित्रका सम्पूर्ण विद्यालयहरुमा यथाशिघ्र निशुल्क शिक्षा लागु गर्न सरोकारवाला निकायसंग माग गरेका छन् ।
नेपालको संविधान २०७२ को धारा ३१ उपधारा २ बमोजिम ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यामिक तहसम्मको शिक्षा निःशुल्क हुनेछ’ भन्ने स्पष्ट उल्लेख भएको र सो निशुल्क शिक्षा प्रति जिम्मेवार निकायको कुनै चासो नभएको भन्दैनेपाल विद्यार्थी संघ अमर शहिद बहुमुखी क्याम्पस ईकाइ र राजापुर नगरपालिकाका १० वटै वडा वडा स्तरिय युवा सञ्जलले बिहिबार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै घोर भत्र्सना समेत गरेका छन् ।
विज्ञप्ती मार्फत राजापुर नगरपालिका भित्रका प्राय सबैजसो विद्यालयले चन्दा,सहयोग,परिक्षा शुल्क,भर्ना शुल्क जस्ता विभिन्न बहानामा विद्यार्थी तथा अभिभावकबाट शुल्क असुली प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । निशुल्क शिक्षा लागु हुनुपर्ने भन्दै उनिहरुले सरोकारवाला निकायले सो बारेमा ध्यान नदिए आफुहरु आन्दोलनमा उत्रने समेत विज्ञप्तीमा उल्लेख गरेका छन् । पछिल्लो समयमा शिक्षाका विषयको एक अन्तरक्रिया कार्यक्रममा स्थानीय सरकारका जिम्मेदार व्यक्तिहरु कार्यक्रमको विचबाटै उठेर हिँड्नु शिक्षा प्रति वहाँहरुको व्यवहार असान्दर्भिक भएकोमा उनिहरुले आपत्ती समेत जनाएका छन् ।
