Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

कर्णालीको तटीय क्षेत्रमा जलवायू परिवर्तनको असर बढ्दो

  • बर्दिया टुडे
  • 5.3K
    SHARES
  •  

    कर्णालीको तटीय क्षेत्रका स्थानीय तहहरुमा जलवायू परिवर्तनले ठूलो असर परेको औल्याइएको छ । जलवायू परिवर्तन तथा संवेदनशिलता परियोजनाले कैलाली र बर्दियाका ४ ओटा पालीकामा गरेको अध्ययनमा यो कुरा औल्याइएको छ ।
    विहीवार र शुक्रवार बर्दियाको गेरुवा गाउँपालिकातथा राजापुर नगरपालिकामा प्राकृतिक स्रोतमा जलवायू परिवर्तनका असरहरु, प्राकृतिक स्रोत र जलवायू परिवर्तन संवेदनशिलता जोखिम बिच अन्र्तरसम्बन्ध विश्लेषण कार्यक्रममा जलवायू परिवर्तनले परेका असरहरुको बारेमा जानकारी गराईएको थियो ।


    ADVERTISEMENT

    images


    परियोजनाले बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिका तथा कैलालीका टिकापुर नगरपालिका र जानकी गाउपालिकामा अधयन गरेको थियो । ४० वर्षको अन्तरालमा यो क्षेत्रमा गर्मीको अवधी बढेको, चिसो अवधी घटेको, अहीलेको अवस्थामा नै प्राकृतिक स्रोत साधानहरु मासिदै गए एक सय वर्ष भित्र ९ डिग्री सेन्टीग्रड तापक्रम वृद्धी हुने अध्ययनले देखाएको छ ।
    प्राकृतिक घटनाहरु फेरवदल भइरहेका, पछिल्लो १० वर्षमा गेरुवा गाउपालिका भित्रका विभिन्न स्थानमा ६० हेक्टर खेतियोग्य जमीन कटान भई वालुवा र रोडायूक्त जमीनमा परिणत भएको अध्यायन प्रतिवेदनमा उल्लेख गरीएको छ ।


    बाढीका कारण बाली नाली नोक्सान गर्ने गरेपछि स्थानीयले बसाईसराई गरी अन्यत्र जानु पर्ने बाध्यतापनि रही आएको छ । यस बाहेक पनि गरीबीका कारण जीवीकोपार्जनका अवसरहरु खोज्न पुरुषहरु प्रवासमा जान बाध्य हुने र महिलाहरुमा परिवारको जिम्मेवारी बढ्न गएको अध्ययनले जनाएको छ ।

    प्रतिवेदन सार्वजनिक गर्दै जलवायू परिवर्तन तथा संवेदनशिलता परियोजनाका परियोजना प्रवन्धक देव दत्त भट्टले अध्ययनको क्रममा अध्ययन गरीएको क्षेत्रमा जल, जमिन र जंगलमा असर पारेको देखीएको बताउनु भयो ।


    सामाजिक विकास तथा अनुसन्धान केन्द्रको अयोजनामाामा भएको कार्यक्रममा गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले यो चालु अर्थिक वर्ष भित्र नै जानकी गाउपालिकाले विपद व्यवस्थापन सम्बन्धि ऐन नियम बनाई गाउ सभाबाट पारित गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । भने राजापुर नगरपालिकाले जलवायू परिवर्तन र यसका असरहरुबारे थप कार्यक्रमहरु ल्याउने भएको छ । नगरपालिकाले विशेष गरी नदी कटान र डुवान क्षेत्रमा कदम चाल्ने उपप्रमुख मनमला चौधरीले बताउनु भयो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij