बर्दियाको राजापुर नगरपालिका वडा नं. १ सोनपुर स्थित कालिका माध्यामिक बिद्यालयमा पौष १ गते देखि आयोजना भएको शैक्षिक धार्मिक महोत्सव तथा धनधान्यान्चल ज्ञान महायज्ञ बुधबार सम्पन्न भएको छ ।
प्राबिधिक शिक्षा अन्र्तगत १८ महिने अमिन तथा ३ बर्षे सर्वेेक्षक बिषयको कक्षा संचालनार्थ सो महायज्ञमा बोलकबोल सहित ३ करोड बराबर आर्थ संकलन भएको महायज्ञ सचिवालयले जनाएको छ ।
नौ दिन सम्म संचालन भएको महायज्ञलाई विभिन्न क्षेत्रहरुबाट दानवीरदाताहरुले दान प्रदान गरेका थिए ।
अमिन तथा ३ बर्षे सुपरिवेक्षक बिषयको अध्ययनका लागी प्रदेश मुकाम तथा संघिय राजधानी धाउनुपर्ने बाध्यता हटाउन आर्थिक संकलनका लागि महायज्ञको आयोजना गरिएको महायज्ञ लक्ष्य अनुसार सफल भएको मुल आयोजक समितीका संयोजक खुशीराम थारुले बताउनु भयो ।
महायज्ञ मार्फत संकलन भएको रकमबाट यस क्षेत्रमा प्राविधिक शिक्षा संचालन गर्न सक्यौ भने यहाँका किसानका छोरा छोरीहरुले सहुलियत खर्चमा यो शिक्षा हाँसिल गर्न सक्ने अध्यक्ष थारुको भनाई छ ।
समापन समारोहमा प्रमुख अतिथीको आशनबाट बोल्दै गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले गाउँपालिकाबाट ५ लाख रुपैयाँ दिने निर्णय गरीसकेको बताउनुभयो ।
उहाँले आउँदा दिनहरुमा पनि आफ्नो क्षेत्रबाट थप सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।
महायज्ञलाई समापन गर्दै मूल आयोजक समितिका संयोजक तथा राजापुर नगरपालिका १ नं. वडाका अध्यक्ष खुशीराम चौधरीले ९ दिने महायज्ञ सफलता पूर्वक सम्पन्न भएको बताउनुभयो ।
आफुहरुले लक्ष्यभन्दा बढि आर्थिक सहयोग गर्न सफल रहेको भन्दै प्राविधिक शिक्षा संचालनार्थको अधुरो सपना अब छिट्टै पुरा हुने भन्नुभयो ।
त्यस्तै अध्यक्ष थारुले महायज्ञ समापन पश्चात प्राविधिक शिक्षा संचालनको तयारी पनि तुरुन्तै अगाडी बढ्ने विश्वास व्यक्त गर्दै महायज्ञमा सहयोग गर्नुभएका सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभयो ।