बर्दियाको राजापुर नगरपालिका वडा नं. १ सोनपुर स्थित कालिका माध्यमिक बिद्यालयमा पौष १ गते देखि आयोजना भएको शैक्षिक धार्मिक महोत्सव तथा धनधान्यान्चल ज्ञान महायज्ञमा भक्तजन तथा दानविरदाताहरु बढ्दै गएका छन् ।
प्राबिधिक शिक्षा अन्तरगत १८ महिने अमिन तथा ३ बर्षे सर्वेेक्षक बिषयको कक्षा संचालनार्थ सो महायज्ञको आज आठौं दिन यो समाचार तयार पार्दासम्म बोल कबोल र नगद गरी १ करोड २१ लाख रुपैयाँ आर्थिक संकलन भएको महायज्ञ मुल आयोजक सचिवालयले जनाएको छ ।
९ गते सम्म संचालन गरिने महायज्ञमा दैनिक हुने प्रवचन तथा झाँकी प्रदर्शन सुन्न र हेर्न स्थानीय भक्तजनहरुको ठुलो संख्यामा उपस्थिती रहेको छ । महायज्ञको पहिलो दिनमा नै ६३ लाख ११ हजार ११ रुपैयाँ बराबर संकलन भएको थियो ।
अमिन तथा ३ बर्षे सुपरिवेक्षक बिषयको अध्ययनका लागी प्रदेश मुकाम तथा संघिय राजधानी धाउनुपर्ने बाध्यता हटाउन आर्थिक संकलनका लागि महायज्ञको आयोजना गरिएको मुल आयोजक समितीका संयोजक खुशीराम थारुले बताउनु भयो ।
महायज्ञ मार्फत संकलन भएको रकमबाट यस क्षेत्रमा प्राविधिक शिक्षा संचालन गर्न सक्यौ भने यहाँका किसानका छोरा छोरीहरुले सहुलियत खर्चमा यो शिक्षा हाँसिल गर्न सक्ने अध्यक्ष थारुले बताउनुभयो । स्थानीय क्षेत्रहरुमा प्राविधिक शिक्षा संचालनका लागि अभिभावक, राजनितिक दल,समाज सेवि तन मन र धनले लागि परेका छन् ।