Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

राजापुरमा पुस २८ देखि माघ ८ सम्म माघी महोत्सवको आयोजना गरिने

  • बर्दिया टुडे
  • 15.3K
    SHARES
  • बर्दियाको राजापुरमा माघी महोत्सव २०७६ को आयोजना गरिने भएको छ ।

    समृद्ध बर्दियाको प्रमुख आधार व्यापार,कृषि, पर्यटन संस्कृति र पूर्वाधार भन्ने मूल नाराका साथ यहि पुस २८ देखि माघ ८ सम्म महोत्सव गर्न लागिएको हो ।

    बर्दियाको कृषि र  पर्यटनको विकास तथा ऐतिहासिक क्षेत्रको जगेर्ना गर्ने उदेश्यले महोत्सवको आयोजना गरिनलागेको आयोजक बर्दिया उद्योग बाणिज्य संघ राजापुरका अध्यक्ष रेग्मीले बताउनु भयो ।

    महोत्सव अवधिभरको खर्च कटाएर महोत्सवबाट बचेको रकमको ६० प्रतिशत रकम संस्थाको बिकासमामा लगानी गरिने र ४० प्रतिशत रकम गरीब विद्यार्थी छात्रवृत्ति कोषको स्थापना गर्न खर्च गरिने अध्यक्ष रेग्मीले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भयो ।

    झण्डै १ सय ५० वटा व्यापारिक स्टलहरु रहने माघी महोत्सवमा २ लाख अवलोकनकर्ताहरुले अवलोकन गर्ने, आन्तरिक तथा वाह्य पर्यटकहरु महोत्सवका लक्षित अवलोकनकर्ताहरु रहने आयोजकले जनाएको छ ।

    रमणीय पर्यटकिय स्थल, प्राचीन बजार, मठ मन्दिर समेत रहेको विविध ऐतिहासिक सांस्कृतिक विविधताले भरिपूर्ण राजापुरमा क्षेत्रमा गरिन लागेको माघि महोत्सव ले यहाँकोको पर्यटन क्षेत्रकोपनी बिकास हुने अपेक्षा गरिएको छ ।

    महोत्सवमा नायक राजेश हमाल,बिराज भट्ट ,नायीका रेखा थापा,गायक दुर्गेश थापा,हाँस्य कलाकार मनोज गजुरेल लगायतका राष्ट्रिय ख्यातीप्राप्त कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij