बर्दियालगायत पश्चिम तराईका जिल्लामा शीतलहर शुरु भएको छ ।
दिनभरी बाक्लो हुस्सु लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ भने शीतलहरले गर्दा भौंराटप्पा क्षेत्र लगायत बर्दियाको जनजीवन २ दिनदेखि निकै प्रभावित भएको छ ।
शीतलहरसँगै जाडोका कारण बिहान स्कूल एवं कलेज पढ्ने विद्यार्थी, पढाउने शिक्षकलगायत बिहानै काम गर्ने मजदुर धेरै प्रभावित बनेका छन् ।
शीतलहरका कारण वृद्धवृद्धा र केटाकेटी सबैभन्दा बढी प्रभावित भएका छन् । शीतलहरसँगै अत्यधिक चिसो बढेपछि बालबालिकामा निमोनिया र श्वासप्रश्वासको संक्रमण बढेको छ ।
चिसो बढेपछि स्थानीय बासिन्दाले बिहानपख ठाउँ–ठाउँमा आगो ताप्न शुरु गरेका छन् ।
दिउँसो समेत घाम नलाग्दा चिसोले काम गर्नसमेत समस्या पारेको बर्दिया राजापुरका शुर्य के. सी.ले बताउनुभयो ।
शीतलहरका कारण तरकारी बालीसमेत प्रभावित भएको कृषकले बताएका छन् ।
शीतलहरले आलु, गोलभेँडा र अन्य सागपातमा समेत असर पु¥याएको गेरुवाका कृषक शालिकराम चौधरीले बताउनुभयो ।