Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

१७ किलो चरेशसहित दुईजना पक्राउ

  • बर्दिया टुडे
  • 3.3K
    SHARES
  • बर्दिया प्रहरीले १७ किलोग्राम चरेशसहित दुईजनालाई पक्राउ गरेको छ । जमुनी प्रहरी चौकीका प्रहरी नायव निरीक्षक धनबहादुर केसीको कमाण्डमा रहेको टोलीले बढैयाताल गाउँपालिका–२ फुटाहाबाट बिहान साढे ४ बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

    प्रहरीले रोल्पा जिल्ला रोल्पा नगरपालिका–६ कोर्चावाङ्ग बस्ने २३ वर्षीय सजिन बि.क. र २४ वर्षीय निर्मला बुढामगरलाई कालो झोलामा चरेश बोकेर हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक बाँकी ३ पेजमा राजेशनाथ बास्तोलाले बताए ।


    ADVERTISEMENT

    images

    उनीहरुको साथबाट भारतीय ५ हजार रुपैयाँ र दुईवटा मोबाइल सेट पनि बरामद गरिएको उनले जानकारी दिए । उनीहरु उपर अनुसन्धान भइरहेको एसपी वास्तोलाले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।

    बर्दिया जिल्लाको गुलरियाबाट पनि यस अघि ५८ केजि चेरशसहित ५ जना पक्राउ परेका थिए । साथै केही दिन अघि मात्र पनि प्रहरीले बेबारिसे अवस्थामा ११ केजि चरेश पनि वरामद गरेको थियो ।

    पछिल्लो समय बर्दियाबाट खुला सिमानाको फाईदा उठाउदै लागूऔषध चरेश ओसार प्रसार हुने थाले पछि जिल्ला प्रहरी कार्यालय बर्दियाले सिमा क्षेत्रमा प्रहरीको सक्रियता बढाएको प्रहरी उपरिक्षक राजेश बास्तोलाले बताए ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij