प्राबिधिक शिक्षा अन्र्तगत १८ महिने अमिन तथा ३ बर्षे सर्वेेक्षक बिषयको कक्षा संचालन गर्ने उदेश्यले बर्दियाको राजापुर स्थित कालिका माध्यामिक बिद्यालयमा आज देखी धार्मिक महोत्सव तथा धनधान्यान्चल ज्ञान महायज्ञ शुरु भएको छ ।
पौष ९ गते सम्म संचालन गरिने महायज्ञको बर्दिया जिल्ला २ का संघिय सांसद संतकुमार थारुले उद्घाटन गर्नुभयो । प्रमुख अतिथी समेत रहनुभएका सांसद थारुले प्राबिधिक शिक्षा सञ्चालनार्थ आफ्नो क्षेत्र बिकास कोष मार्फत कालिका माबि चनौरालाई २५ लाख रुपैया सहयोग गर्ने उद्घोष गर्नुभयो ।

महायज्ञमा प्रदेश नं ५ बर्दिया २ का प्रदेश सभा सदस्य दिपेश थारुले २० लाख रुपैया र राजापुर नगरपालिकाका प्रमुख शिव प्रसाद चौधरीले १५ लाख रुपैया सहयोग गर्ने उद्घोष गर्नुभयो ।
अमिन तथा ३ बर्षे सुपरिवेक्षक बिषयको अध्ययनका लागि प्रदेश मुकाम तथा संघिय राजधानी धाउनुपर्ने समस्यालाई हल गर्नका लागी महायज्ञ मार्फत आर्थिक संकलन गर्ने लक्ष्यका साथ ज्ञान महायज्ञको आयोजना गरिएको मुल आयोजक समितीका अध्यक्ष खुशी राम थारुले बताउनु भयो । महायज्ञ मार्फत झण्डै १ करोड रुपैया आर्थिक संकलन गरिने समितीको लक्ष्य छ ।