अमेरिकी दूतावाससँगको सहकार्यमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले पत्रकार लक्ष्मण ढुंगानालाई उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।
अमेरिकी दूतावासका प्रवक्ता एन्डी डी आरमेन्ट, नेपालगन्ज उपमहानगरपालिका मेयर डा.धवल शम्शेर राणा र सेजन अध्यक्ष भीम गौतमले नगद २५ हजार रुपैयाँसहित ढुंगानालाई पुरस्कृत गर्नु भएको हो ।

काठमाडौंको कारोवार दैनिक तथा एपीवान टेलिभिजनका नेपालगन्ज संवाददाता ढुंगानालाई स्थानीय तहको सुशासन र पारदर्शिता सम्बन्धी उत्कृष्ट समाचार सम्प्रेषण गरेको भन्दै पुरस्कृत गरिएको हो ।
बर्दियाकाे राजापुर नगरपालिका वडा नं १ दाैलतपुरका ढुंगाना हाल नेपालगन्जलाई कर्मथलाे बनाई पत्रकारिता गरिरहेका छन् ।