Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

जन्मदिनमा बिरामीलाई सहयोग

  • बर्दिया टुडे
  • 14.6K
    SHARES
  •  

    मानिसहरु आफ्नो जन्मदिनमा साथी भाई मिलेर पार्टी गर्ने, पैसा खर्च गरेर खानपिन गरि जन्मदिन मनाउने गर्छन्।


    ADVERTISEMENT

    images

    तर एक युवाले आफ्नो जन्मदिनको अवसरमा विपन्न बिरामीलाई आर्थिक सहयोग गरेर एक उदाहरणीय काम गरेका छन।

    आईतबार मंसिर २९ गते जन्मदिन परेका बर्दियाको ठाकुरबाबा नगरपालिका बडा नं ६ बकुवाका नेपाल तरुण दलका युवा नेता बिकास केसीले आफ्नो जन्मदिनको अवसर पारेर बिरामीका परिवारलाई १० हजार नगद सहयोग गरेका छन्।

    बिगत छ महिना देखि मोटरसाइकल दुर्घटनामा परि घाँटीको ईन्सपेनलमा समस्या ग्रस्त रहेका १९ बर्षिया दिनेश चौधरी लाई नगद १० हजार विकासले सहयोग गरेका हुन।

    जन्मदिनको अवसरमा पार्टी गरेर पैसा खर्च गर्नु भन्दा केहि सामाजिक कार्य गर्ने मनसायले थोरै भए पनि बिरामीलाई सहयोग गरेको केसीले बताए। रकम सहयोग पाए पछि बिरामी चौधरीले भने यो रकमले आफूलाई ठूलो सहयोग हुने उनले बताए।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij