बर्दियाको मधुवन नगरपालिका बडा नं ९ को १२ नम्बर भन्ने स्थानमा तिव्र गतिमा आएको अज्ञात सवारी साधनले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
सवारी साधनको ठक्करबाट मृत्यु हुनेमा गुलरिया नगरपालिका बडा नं ७ को महाकवि स्कुल टोलका २० बर्षिया समीर शाह(गोलु) रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
विपरीत दिशाबाट आएको सवारी साधनले भे २ प २३१३ र ना ५९ प ८०७ नम्बरकाे दुई वटा मो.सा. लाई ठक्कर दिँदा शाहको मृत्यु भएको छ भने गुलरिया नगरपालिका बडा नं ७ को रिजवान सिद्दिकी र मधुवन नगरपालिका बडा नं ६ का २७ बर्षिया सरद ओलि घाइते भएको प्रहरीले बताएको छ।
घाइते मध्ये एक जनाको अवस्था चिन्ताजनक रहेको समेत जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। मोटरसाइकललाई ठक्कर दिने सवारी साधनको पहिचान नभएकोले सवारी साधनको खोजी कार्य जारी रहेको र छिटै नै सवारी साधन पक्राउ गरिने प्रहरीले बताएको छ।