Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बाबु पक्राउ

  • बर्दिया टुडे
  • 4.3K
    SHARES
  • आफ्नै छोरीलाई पटक–पटक यातना र धम्की दिइ जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले बाबुलाई पक्राउ गरेको छ। पीडितले प्रहरीलाई दिएको सूचनाको आधारमा बर्दियाका ४० वर्षीय पुरुषलाई पक्राउ गरेको हो।

    बिगत केही महिनादेखि भारतको बैङ्लोर लगी आफ्नै १८ वर्षे छोरीलाई एक्लै डेरामा राखी एक महिनासम्म पटक पटक यातना तथा धम्की दिइ जबरजस्ती करणी गरेको भन्ने पीडितको सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले बताए।

    नेपाल फर्कने क्रममा मंसिर २४ गते बाँकेको नेपालगञ्ज न्यूरोडस्थित एक होटलमा राखी मंगलवार घर जानहुन्न अशुभ हुन्छ भोलि जाऔंला, होटलमै बस्नुपर्छ भनी फकाइ पुनः जबरजस्तीकरणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी बास्तोलाले जानकारी दिए। बर्दिया स्थित घरमा आएपछि पीडितले प्रहरीलाई खबर गरेकी थिइन्।

    प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमाण्डमा रहेको टोलीले बर्दियाको मधुवन नगरपालिका-६ स्थित नेपाल भारत सीमा नजिकबाट भारततर्फ जाँदै गरेको अवस्थामा आरोपीलाई पक्राउ गरेको जनाइएको छ। छोरी बलात्कारको आरोपमा पक्राउ परेका बाबु उपर थप अनुसन्धान भइहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij