मंसिर १६ गते टिपरको ठक्करबाट घाईते भएकी महिलाको उपचारका क्रममा हिजो बुधबार मृत्यु भएको छ । बारबर्दिया नगरपालिका बडा नं ३ बेलुवाबजा झण्डिपुरबाट माईत गुलरिया नगरपालिका बडा नं १ को १६ नं गाँउको मिलननगर जादै गर्दा टिपरको ठक्करबाट धनमाया चौधरी सख्त घाईते भएकी थिइन् र बुधबार उपचारका मृत्यु भयो । मृत्यु पछि चौधरीका ११ बर्षिया बर्षा चौधरी छोरि र ८ बर्षका करण चौधरी टुहुरा भएका छन्।
५ बर्ष अघि रुखमा घास काट्ने क्रममा रुखबाट लडेर बुबा श्रीराम थारु गुमाएका धनमाया र करणले हिजो एक मात्र अभिभावक आमा पनि गुमाए पछि टुहुरा भएका छन्।
दैनिक ज्यालादारी गरेर छोरा छोरी पढाइरहेकि आमाको मृत्यु छोराछोरिको भविष्य अन्धकार भएको नेपाली कांग्रेसका युवा नेता शम्भु रिजालले बताए। आमाको मृत्यु पछि टुहुरा भएका छोरा छोरीको लागि शिक्षा सहितको उज्ज्वल भविष्य लागि नेपाल सरकारले सहकार्य गर्नुपर्ने रिजालले बताए।
दुर्घटनामा मृत्यु पछि टिपरका चालक गणपति कन्सट्रक्सनका प्रतिनिधि र मृतकका परिवार संग विभिन्न बिषयमा सहमति नहुँदा आज सम्म पनि शव परिवारले बुझ्न सकेका छैनन्। घटनाको बिषयमा प्रहरी, प्रशासन र जनप्रतिनिधिले समेत पिडितको पक्षमा नदेखिए पछि बुधबार गाँउका स्थानीयले सडक जाम गरेका थिए।
सडक जाम पछि बुधबार साँझ गुलरिया नगर प्रमुख मुक्तिनाथ यादवले गाँउलेहरु माझ पिडितका लागि पहल गर्ने आश्वासन दिए पछि सडक जाम खुलेको थियो।
आमाको मृत्यु पछि टुहुरा भएका छोरा छोरीको उच्च शिक्षा सहित पालनपोषणको ग्यारेण्टी सम्बन्धित निकायले गर्नु पर्ने बर्षा र करणका ठुलि आमा सिता चौधरीले बताइन् । दुर्घटनामा मृत्यु भएकी चौधरीका छोरा छोरीको सम्पुर्ण अध्ययन देखि लालनपालनको ब्यवस्थापन पिडित पक्षले गर्नु पर्ने स्थानीय युवा नेता नैन सुनारले बताए।