Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

राजापुरमा गाउँघर क्लिनिक प्रभावकारी वन्दै

  • बर्दिया टुडे
  • 5.3K
    SHARES

  • बर्दियाको राजापुरमा गाउँघर क्लिनिक प्रभावकारी वन्दै गएको छ । प्राथमिक स्वास्थ्य केन्द्रबाट पाप्त हुने खोप लगायतका सेवा गाउँघर क्लिनिक मार्फत घर आगनमै उपलब्ध हुन थाले पछि गाउँघर क्लिनिक प्रभावकारी वन्दै गएको हो ।

    नगरपालिकाको वडा नं. ३ मुरैयामा ५ गते खोप र २३ गते गाउँघर क्लिनिक, टेडियामा ३ गते खोप र २१ गते गाउँघर क्लिनिक, चक्खापुरमा ४ गते खोप र २२ गते गाउँघर क्लिनिक, वडा नं. ४ घुम्नामा ६ गते खोप र २० गते गाउँघर क्लिनिक, छेदियामा ७ गते खोप, वडा नं. ८ धोविनपुरमा ८ गते खोप सेवा र १९ गते गाउँघर क्लिनिक सञ्चालन गर्ने गरेको छ ।


    ADVERTISEMENT

    images

    खोपका दिन गर्भवती, र वालवालिकाहरुलाई नेपाल सरकारले दिएको सबै प्रकारका खोप लगाउने र गाउँघर क्लिनिकका दिन वच्चाको तौल लिने, गर्भवतीको तौल तथा जाँच सेवा, डिपो सुई सेवा, आकस्मिक प्राथमिक उपचार सेवा समेत दिने गरिएको प्राथमिक स्वास्थ्य बाँकी ३ पेजमा केन्द्रकी सिनियर अनमी निरीक्षक विष्णुमाया न्यौपानेले वताउनु भयो । पहिला पहिला लाज मान्ने, नआउने गरे पनि अहिले स्वास्थ्य सेवामा स्थानीय महिलाहरु अत्यन्तै सकारात्मक भएको सिनियर अनमी निरीक्षक न्यौपानेको भनाई छ ।

    विभिन्न सञ्चार माध्यमको प्रभाव र जन चेतनाकै कारण अहिले भौरा क्षेत्रमा सरकारी अस्पतालको विश्वास वढ्दै गएको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरका डा. भानुभक्त ढकालले वताउनु भयो । मेडिकलबाट पैसा तिरेर किनेको औषधीमा विश्वास गर्ने तर प्राथमिक स्वास्थ्य केन्द्रबाट दिईने औषधीलाई महत्व नदिने सोच हराउदै गएको छ ।

    सरकारले स्वास्थ्य विमा कार्यक्रम लागु गरे पछि अहिले राजापुरको प्राथमिक स्वास्थ्य केन्द्रमा राजापुर नगरपालिकाका मात्र नभएर गेरुवागाउँ पालिकाका विरामी समेत सेवाका लागि आउने गरेका छन् ।

    राजापुरमा साँझ ८ वजे नै स्थानीय मेडिकल बन्द भएर सिटामोल नै नपाउने अवस्था अहिले नरहेको भन्दै ठुलो जनसंख्या रहेको राजापुरमा अस्पताल नै हुनु पर्ने, सुविधा सम्पन्न आकस्मिक सेवा प्रवावकारी बनाउन स्थानीय सरकारले महत्व दिनु पर्ने डा. ढकालको भनाई छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij