Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

विद्यालयमा महिनावारी स्वच्छता व्यबस्थापन कक्ष स्थापनाका लागि आवश्यक सामग्री हस्तान्तरण

  • बर्दिया टुडे
  • 21.3K
    SHARES
  • विद्यालयमा महिनावारी स्वच्छता व्यबस्थापन कक्ष स्थापना गर्न सहयोग पुर्याउने उद्येश्यले जिल्लाका १० वटा विद्यालय लाई महिनावारी स्वच्छता व्यबस्थापन सामग्री हस्तान्तरण गरिएको छ ।
    गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा साझेदारी संस्था सोनाहा विकास समाज द्वारा सञ्चालित महिनावारी स्वच्छता व्यबस्थापन परियोजना मार्फत विद्यालयहरुलाई महिनावारी स्वच्छता व्यबस्थापन सामग्री हस्तान्तरण गरिएकोे हो ।


    ADVERTISEMENT

    images


    परियोजना अन्तरगत कार्यक्रममा समेटिएका राजापुर नगरपालिकाको कालिका माध्यमिक विद्यालय चनौरा, तथा गेरुवा गाउँपालिको एकप्रिय राठौर माध्यमिक विद्यालय पाताभार,जनता मा. वि. गोला, नेपाल राष्ट्रिय गणेश मा. वि मनाउ,जनता आधारभूत विद्यालय सर्खोल,सरस्वती आधारभूत विद्यालय बनकट्टी तथा मधुवन नगरपालिकाकको भृकुटी मा. वि. चित्तले, आनन्द आधारभूत विद्यालय रातामाटे, नेपाल राष्ट्रिय मा. वि. पूर्णपुर र गुराँस मा. वि. वुद्धनगरलाई लाई जनरल वेड, प्लाष्टिक कुर्सी, हट ब्याग, सेनेटरी प्याड, वेष्ट बास्केट, ह्याण्ड सेनिटाइजर, थर्मोमिटर,कटन वल्स, ह्याण्ड टवेल,पेनकिलर औषधि  लगायतका महिनावारी स्वच्छता व्यबस्थापन कक्ष सञ्चालनका लागि आवश्यक सामाग्रीहरु एक कार्यक्रमका विच हस्तान्तरण गरिएको हो ।


    हस्तान्तरण कार्यक्रममा गुड नेवर्स ईन्टरनेशनल नेपालका जिल्ला संयोजक श्री तेज प्रसाद शर्माले महिनावारी स्वच्छता व्यबस्थापन कक्ष सञ्चालन भएमा महिनावारी भएको वेला छात्राहरुको विद्यालयमा हुने न्युन उपस्थितिलाई कम गर्न सहयोग पु¥याउने बताउँदै विद्यालयलाई महिनावारी मैत्री वनाउनका लागि महिनावारी स्वच्छता व्यबस्थापन सामग्रीहरु प्रदान गरिएको बताउनु भयो । उहाँले सामाग्रीहरुको उचित प्रयोग र संरक्षणको जिम्मेवारी विद्यालय स्तरबाट गरिनु पर्ने कुरामा जोड दिनुभयो ।


    यसैगरी सोही परियोजना मार्फत गेरुवागाउँपालिका अन्तरगतको स्वास्थ्य चौकी मनाउ, सामुदायिक स्वास्थ्य ईकाइ थापापुर,पाताभार गाउँघर क्लिनिक र भैरमपुर गाउँघर क्लिनिक तथा राजापुर नगरपालिका अन्तरगतका सोनपुर गाउँघर क्लिनिक र टिहुनी गाउँघर क्लिनिक गरी ६ वटा स्वास्थ्य संस्थाहरुलाई पनि ७ लाख २५ हजार बरावरको स्वास्थ्य सामग्री तथा उपकरणहरु प्रदान गरिएको परियोजनाका जन स्वास्थ्य सहायक गोपीराम चौधरीले बताउनु भयो ।


    यसैविच सोनाहा विकास समाज मार्फत पूर्ब वाल विकास कक्षा सञ्चालनका लागि गेरुवा गाउँपालिकाका जनता आधारभूत विद्यालय सर्खोल र सरस्वती आधारभूत विद्यालय जोधिपुर लाई ६५ हजार वरावरको फर्निचर सहयोग गरिएको पनि चौधरीले बताउनु भयो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij