Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बन्दक बनाएर राखिएका नन्द भाउजुको उद्धार

  • बर्दिया टुडे
  • 6.9K
    SHARES
  • तामझामका साथ देशैभरी महिला हिंसा विरुद्धका अभियानहरु चलेको भएता पनि महिला हिँसा भने रोकिएको छैन । जसको पछिल्लो उदाहरणको रुपमा बर्दियामा विगत २ बर्ष देखि आफ्नै श्रीमान र दाजुले श्रीमती र बहिनीलाई घरमा थुनेर बन्धक बनाई मानसिक यातना भोगिरहेका २ महिलालाई प्रहरीले उद्दार गरेको छ ।


    ADVERTISEMENT

    images

    गुलरिया नगरपालिका वडा नं. ६ स्थित शान्ति टोलमा विगत २ बर्ष देखि नन्द भाउजुलाई कोठा भित्र थुनेर राखेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमाण्ड तथा विभिन्न महिला अधिकारकर्मी, संघसंस्था, ६ नं. वडा कार्यालयको रोहवरमा उनीहरुलाई उद्दार गरीएको हो ।
    दुई महिनाको गर्भवती समेत रहेकी श्रीमती र बहिनीलार्ई मानसिक तथा शारिरीक यातना समेत दिने गरीएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहीले बताएको छ । बन्धक महिलाहरुलाई दिशा पिसाब गर्नका लागि समेत कोठामा डब्बा राखेर वाहिर समेत निस्कन नदिने गरिएको पिडितहरुले बताएका छन् । महिला अधिकारकर्मीहरुलाई महिलाहरु वन्दक बनाई यातना दिइरहेको जानकारी आए पछि पिडीतहरुको उद्धार गरिएको महिला अधिकारकर्मी सपना शर्माले वताईन् ।


    वडा नं. ६ का वडाध्यक्ष निरज कुमार शर्माले महिला हिसा बिरुद्धका अभियानहरु चलेपनि दुरदराजका महिला दिदी बहिनीहरु हिंसाको मार खेपी रहेका बताएका छन् । गुलरिया नगरपालिका वडानम्बर ६का वडा अध्यक्ष निरज कुमार शर्मा आफै पिडीतको घरमा गई ताला खोली उनिहरुको उद्दार गरेका छन् । पिडकलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने गुलरिया नगरपालिका वडानम्बर ६का वडा अध्यक्ष निरज कुमार शर्मा ले बताएका छन् । पिडिकलाई जिल्ला प्रहरी कार्यालय बर्दियाले नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij