Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

थुनुवालाई छुटाउने भन्दै पैसा माग्ने बिचौलिया पक्राउ

  • बर्दिया टुडे
  • 4.4K
    SHARES
  • प्रहरीले बिचौलियाको आरोपमा एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयको टोलीले सुराकीको आधारमा बर्दियाको गुलरिया नगरपालिका-१० कृष्णटोलका ३८ वर्षीय विनोद चौधरीलाई पक्राउ गरेको हो।

    प्रहरीको अनुसन्धानमा रहेका थुनुवालाई छुटाउन सेटिङ मिलाउने भन्दै थुनुवाका आफन्तसँग रकम माग गरेको थाहा पाएपछि चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक राजेशनाथ बास्तोलाले बताए। चौधरीले अन्य ६ जना व्यक्तीहरुबाट मुद्दा मिलाइदिने भन्दै ४१ हजार रुपैयाँका दरले २ लाख ४६ हजार रुपैयाँ बुझेको पाइएको छ।


    ADVERTISEMENT

    images

    एसपी बास्तोलाले भने ‘अन्तिम एकजनासँग मुद्दा मिलाउने नाममा ४१ हजार रुपैयाँ माग गरेको र सो रकम भुक्तानी लिने तय भैरहेको अवस्थामा चौधरीलाई नियन्त्रणमा लिन सफल भएका हौं।’ पक्राउ परेका चौधरी उपर थपअनुसन्धान भइरहेको उनले जानकारी दिए। अन्नपुर्ण पाेस्ट बाट

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij