Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

मधुवन नगरपालिकामा तेस्रो मेयरकप तथा १२ औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुँदै

  • बर्दिया टुडे
  • 4.4K
    SHARES
  • बर्दियाको मधुवन नगरपालिकाले तेस्रो मेयर कप तथा १२ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको आयोजना गर्ने भएको छ । मधुवन बजारको गुँरास माध्यमिक विद्यालयमा आगामी २६ गते देखि हुने भनिएको सो प्रतियोगीतामा मधुवन नगरपालिकाका १९ ओटा सामुदायिक र संस्थागत विद्यालयका बालबालिकाहरु सहभागी हुने भएका छन् ।


    ADVERTISEMENT

    images


    कुल १९ ओटा खेलमा प्रतिपस्पर्धा हुने तेस्रो मेयर कप तथा १२ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीतामा विभिन्न विद्यालयबाट विद्यार्थीहरु समावेश हुने भएका छन् । यस अघि वडा स्तरमा प्राथमिक विद्यालयहरु –कक्षा १ देखि ५सम्मका विद्यार्थी) विच प्रतिस्पर्धा गराई छनौट गरीएको थियो । छनौटमा परेका विद्यार्थीहरु समेत प्रतियोगितामा समावेश हुनेछन् भने आधारभुत तह र माध्यमिक तह(६ देखि ८ कक्षा) का विद्यार्थीहरुले प्रतियोगीतामा प्रत्यक्ष सहभागी हुन पाउने छन् । प्रतियोगीतामा लामो तथा छाटो दुरीको दौड, रिले दौड, लङ्गजम्प, हाई जम्प, ट्रिपल जम्प, सटपट, ज्याभलिन थ्रो भलिवल फुटबल लगाएतका खेल हुने भएका छन् ।


    सांसद एवं पुर्व गृहमन्त्री जनार्दन शर्मा प्रभाकर उद्घाटन गर्न आउने सो प्रतियोगिताको तयारी पुरा भएको गुराँस माध्यमिक विद्यालयका प्रधानाध्यापक केशव पौडेलले बताउनु भयो । प्रतियोगीताको बारेमा जानकारी दिनका लागि राखिएको एक कार्यक्रममा उहाँले सबै खेलकालागि तयारी पुरा भई सकेको बताउँदै प्रतियोगीता हेरेर मज्जा लिनका लागि आम समुदाय आव्हान गर्नु भएको छ ।


    मधुवन नगरपालिका र गुराँस माध्यमिक विद्यालयका सहकार्यमा आयोजना भएको खेलका लागि करिब ८ लाख रुपैयाँ बजेट विनियोजन गरीएको मधुवन नगरपालिकाका नगरप्रमुख गणेश बहादुर केसीले बताउनु भयो । उहाँले बालबालिकाको आ आफ्नो क्षमताको विकास गरी राष्ट्रिय स्तरमा नै पुर्याउने उद्देश्यका साथ प्रतियोगीताको आयोजना गरीएको बताउनु भयो । प्रतियोगीतामा उत्कृष्ट खेलाडीहरुको लागि जिल्ला र राष्ट्रिय स्तरको खेलमा सहभागी हुन प्रोत्साहन गर्ने नगरप्रमुख के सीले बताउनु भयो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij