Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

छाडा पशुचौपाया व्यवस्थापनमा नगरपालिकाको वेवास्ता : किसानहरु स्थानीय सरकार गुहार्दै पुगे वडा कार्यालय

  • बर्दिया टुडे
  • 5.0K
    SHARES
  • छाडा पशुचौपायाले किसानका अन्न बाली नोक्सानी गर्न थालेपछि किसानहरुले स्थानिय सरकारलाई गुहारेका छन । छाडा गाई गोरुले विगत तिन वर्ष देखि राजापुर आसपास क्षेत्रको खेती योग्य जमिनमा लगाइएको अन्नबाली खाइदिंदा समेत स्थानिय सरकारले वेवास्ता गरेको भन्दै स्थानिय किसानहरु वडा कार्यलयमा पहलका लागी पुगेका हुन । बर्दियाको राजापुर नगरपालिकाको वडा नं. ३ र ४ को कार्यलयमै पुगी स्थानीयवासीले आफनो समास्या सुनाउँदै स्थानिय सरकार प्रति ओक्रोस समेत व्यक्त गरेका छन । छाडा गाई गोरुको व्यवस्थापनमा नगरपालिकाले पूर्ण रुपमा वेवास्ता गरेका कारण किसानहरु यसरी स्थानिय सरकारलाई ध्यानाकर्षण गराउन आउनु परेको किसानको तर्क छ । छाडा पशु चौपाया व्यवस्थापन गर्नु स्थानिय सरकार काम भएका भन्दै किसानहरुले आफुहरुको समस्या समाधानका लागी कसैले पनि नसुनेका बताएका छन ।
    किसानहरुलाई यो समस्याले वर्षैदेखी पिडित बनाउँदै आएकाले वडा कार्यालयमा विरोध स्वरुप घेराउ गर्न आएको राजापुर नगरपालिका वडा नं. ३ टेडियाका किसान तथा वडघर दिलवहादुर थारुले बताए । उनले भने,–‘ विगत तिन वर्ष देखि राजापुर वजार आसपासका बाटोको छेउछाउमा खेती गर्ने किसानहरुलाई समस्या हुँदै आएको छ ।’ स्थानिय नागरिकहरुका साना भन्दा साना समस्याहरु प्रति कसैले वास्ता नगरेको भन्दै आफुहरुले जिताएका जनप्रतिनिधिहरु समस्याका सन्दर्भमा जानकार हुँदा समेत किसानहरुलाई परेको समास्या समाधान गर्न  कुनै पहल नै नगरेको थारुले आरोप लगाए । समस्या बोकी वडा कार्यलयमै आएका वडा नं. ३ मुरैयाका किसान तथा समाजसेवी जगतराम थारुले नगरपालिकाले सबै किसानलाई झुक्याएर वजेट खर्च गरेको उनले भने । किसानको गोठैमा गएर गाई गोरुको कानमा ट्याग लगाउदै सम्बन्धित पशु धनीको नागरिकताको फोटोकपी समेत ल्याएर पनि कुनै किसानको छाडा गाई गोरु फर्काउन नसक्नु दुःख र किसान प्रति बैमानी गरेको उनको तर्क छ ।


    ADVERTISEMENT

    images


    वजारमा खुलेआम कानमा ट्याग लगाईएका छाडा गाई गोरु नदेख्नु नगरपालिकाका जनप्रतिनिधि तथा पशु शाखाका सरोकारवाला व्यक्ति वेवास्ता गर्नु भएको भन्दै आक्रोस व्यक्त गरे ।
    आफु खेतमा जादाँ छरेको तोरी छाडा गाईगोरुले खाएको देखेर आँसु आएको टेडियाकी किसान सरस्वती चौधरी दुखेसो व्यक्त गरिन् । वरपरका पालिकाहरुमा व्यवस्थापन भएका छाडा चौपाया राजापुरमा किन गर्न सकिएनन् भन्ने प्रश्न समेत उनको छ । छाडा गाई गोरुको यस्तै विगविगी रहेमा अवको हिउँदे वाली किसानले भित्र्याउनै नपाउने र सबै गाउँवाट छाडा गाईगोरु ल्याएर नगरपालिकाको कार्यालयमा हुलेर गेटमा धर्ना वस्ने किसानहरुको भनाई छ ।
    सवैका समास्यालाई मध्यनजर गर्दै वडा नं. ३ का वडा अध्यक्ष विष्णु प्रसाद खनालले वडा र पिडित किसानको अवाज नगरपालिकामा एकै पटक उठ्नु पर्ने प्रतिक्रिया दिएका छन ।
    किसानको समस्या प्रति नगरपालिका गम्भिर रहेको भन्दै नगरपालिकाको नगर कार्य समितिको बैठक केही दिनमै वस्ने विश्वस्त पार्दै उनले समस्या समाधानकालागी प्रस्ताव पेश गरिने समेत उनले आश्वासन दिए । वडा नं. ४ का वडा अध्यक्ष रमन कुमार रेग्मीले नगरपालिकाले छाडा पशु व्यवस्थापन गर्न पहल नै नगरेको भन्न नमिल्ने धारणा राख्दै छाडा पशुचौपायाको समस्यले जनप्रतिनिधि समेत दुःखी भएको बताए ।
    नगरपालिकाले वनाएको गौशाला जंगली जनावरको आतंकले काम नगरेका उल्लेख गर्दै उनले सामुदायीक वन तिर उचित जग्गा पाएमा नगरपालिका छाडा पशु व्यवस्थापन गर्न तयार रहेको बताए । वडा नं. ३ र ४ मा गाई गोरु व्यवस्थापनका लागि निवेदन दिएका छन् । छाडा पशुचौपायाले उत्पन्न गरेको समास्यालाई समाधानका लागी राजापुर, अनन्तपुर, टेडिया, चक्खापुर, मुरैया, प्रयागपुर, रजपुरुवा, नंगापुर गरि अन्य स्थानका वडघर तथा किसानहरुले स्थानिय सरकार संग पहलका लागी आग्रह गरेका छन ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij