बर्दियामा गरिब, विपन्न परिवारका बालबालिकाहरुको अध्ययनलाई प्रभावकारी बनाई शिक्षा तर्फ आकर्षित गर्न तुलसी दुर्गा अक्षयकोषको स्थापना गरिएको छ । गेरुवा गाँउपालिका मा रहेको विद्यालयमा विद्यार्थीहरुलाई शिक्षाको क्षेत्रमा आकर्षण गर्न गरिव, विपन्न तथा जेहेन्दार परिवारका बालबालिका लागी तुलसीदुर्गा गरिब तथा जेहेन्दार छात्रबृत्ति अक्षयकोष स्थापना गरिएको हो । गेरुवा गाँउपालिका वडा न.ं ४ मा थारु समुदायका बर्चस्व रहेको श्री जनता माध्यामिक विद्यालय, गोलामा १ लाख ३५ हजार रुपैयाको “तुलसीदुर्गा गरिब तथा जेहेन्दार छात्रबृत्ति अक्षयकोष” स्थापना गरिएको छ ।
विद्यालयका गरिब, जेहेन्दार एवं पिछिडिएका विद्यार्थीलाई शैक्षिक तथा आर्थिक सहुलियत प्रदान गर्नु यस्को मुख्य उद्धेश्य रहेको अक्षयकोषका दाता महेश विश्वकर्माले बताए । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पठन पाठनमा अभिप्रेरित उत्कृष्ट नतिजा ल्याउन सहयोग गर्नु, शैक्षिक क्षेत्रमा विद्यार्थीहरुलाई अभिप्रेरित गर्नका लागी विभिन्न छात्रबृत्ति कोष स्थापना गर्नका लागी हौसला प्रदान गर्नु , विद्याथलय प्रति अभिभावक र विद्यार्थीको आकार्षण पैदा गराउनु लगायतका उद्धेश्यले तुलसीदुर्गा गरिब तथा जेहेन्दार छात्रबृत्ति अक्षयकोष स्थापना गरिएको रगबीर विश्वकर्माले जानकारी बताए ।
‘बर्दिया जिल्लाको गेरुवा गाँउपालिका वडा नम्बर ४ स्थीत भैरमपुर गाँउमा बस्दै आउनु भएकी आमा श्री तुलसीदेबी विश्वकर्माको ०७५ मंसीर १४ गते ७० वर्षका उमेर निधन भएको थियो । सोही स्थानमा बस्दै आउनु भएका मेरा बुवा श्री दुर्गा बहादुर विश्वकर्मा को ०६९ श्रावन ८ गते ७१ वर्षको उमेरमा निधन भएको हो । तसर्थ बुवा आमाको आत्माको चिरशान्तिको कामना गर्दै दिवंगत आत्मको सम्झना स्वरुप यो स्थापन गरिएको हो । हामी विश्वकर्मा परिवार मिलेर यहाँका विद्यार्थीहरुको शैक्षिक क्षेत्रमा टेवाहोस भन्नाका लागी पनि “तुलसीदुर्गा गरिब तथा जेहेन्दार छात्रबृत्ति अक्षयकोष” स्थापना गरिएको छोरा महेश विश्वकर्माले बताए ।
अक्षयकोष स्थापनाका लागी जेठा छोरा रगबीर विश्वकर्मा मार्फत १ लाख, कान्छा छोरा महेशविश्वकार्मा बाट ५ हजार, नाति, नातिनी ज्ञानेन्द्र बहादुर विश्वकर्मा बाट १०÷१० हजार, र मनिष विश्वकर्मा मार्फत ५ हजार गरि जम्मा १ लाख ३५ हजारको “तुलसी दुर्गा गरिब तथा जेहेन्दार छात्रबृत्ति अक्षयकोष” स्थापना गरिएको छ । कोषको परिचालन, संरक्षण एवं सम्बद्र्धन गर्ने जिम्मेवारी श्री जनता माध्यामिक विद्यालय गेरुवा गाँउपालिका, ४ गोला बर्दियालाई नै दिइएको छ ।