Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

महिला कैदीबन्दिलाई टेलिभिजन उपहार

  • बर्दिया टुडे
  • 2.2K
    SHARES
  • जिल्ला कारागार बर्दियामा रहेका महिला बन्दिहरुलाई निर्माण व्यवसायी संघ बर्दियाले मनोरञ्जन तथा खेलकुद सामाग्री वितरण गरेको छ । १२औं निर्माण दिवसको अवसर पारेर एकथान एलइडी टेलिभिजन र जाडोको समय भएको हुदाँ खेलकुदका लागि २ जोडा व्याडमिन्टन वितरण गरेको हो । कारागारमा बन्दि जिवन विताईरहेका महिला दिदि बहिनीलाई मनोरन्जन तथा खेलकुद सामाग्री वितरण गरेकोमा सामाजिक उत्तरदायित्व निर्वाह गरेको जिल्ला कारागार बर्दियाका जेलर डिल्ली चन्द्र पौडेलले बताए । आगामी दिनमा पनि संघले आवश्यक सहयोग पु¥याएमा कैदी बन्दि जीवन विताइरहेका हरुलाई दिन काट्न सहज हुने जेलर पौडेलको भनाई छ ।
    बन्दि जीवन विताइरहेका नागरिकलाई पनि आम नागरिक सरह मनोरन्जन तथा शारिरीक व्यायाम आवश्यक पर्ने भएको हुनाले टेलिभिजन तथा खेलकुद सामाग्री उपलब्ध गराइएको निर्माण व्यवसायी संघ गुलरियाले जनाएको छ । व्यवसायीहरुमा पनि सामाजिक दायित्व भएकाले विगत तिन वर्ष देखि निर्माण व्यवसायी संघ बर्दियाले यस्ता सामाजिक कार्यहरु गर्दै आईरहेको निर्माण व्यवसायी संघ बर्दियाका अध्यक्ष भेषराज पौडेलले बताए । अध्यक्ष पौडेल निर्माण व्यवसायीले आम्दानी गरेका रकम मध्ये केहि रकम मानव सेवामा लगाउनु पर्ने कुरामा जोड दिएका थिए । निर्माण दिवसको सामाग्री वितरण कार्यक्रममा निवर्तमान अध्यक्ष अनिल कुमार के.सी. संघका पदाधिकारी, संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij