Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बारबर्दियाको सदाशिव बहुमुखी क्याम्पसमा ज्ञान महायज्ञ तथा धार्मिक शैक्षिक महोत्सव बिहीवार देखि शुरु

  • बर्दिया टुडे
  • 4.9K
    SHARES
  • बारबर्दिया नगरपालिकाको जयनगर स्थित सदाशिव बहुमुखी क्याम्पसमा श्रीमद् भागवत धन धन्याचल ज्ञान महायज्ञ तथा धार्मिक शैक्षिक महोत्सव शुरु भएको छ ।
    शिक्षाको अवसरबाट वञ्चित गरिव, बिपन्न, श्रमिक र मुक्त कमैयाहरुको छोरा छोरीहरुलाई पनि आफ्नै घर आँगनमा उच्च शिक्षा लिन सहज होस भन्ने हेतुले क्याम्पसलाई स्थायित्व प्रदान गर्दै उच्च शिक्षाको सुनिश्चितता गरी क्याम्पसको भौतिक तथा शैक्षिक स्तरोन्नतीका लागि महायज्ञ तथा धार्मिक शैक्षिक महोत्सवको आयोजना गरिएको हो ।
    गणतन्त्र नेपालका प्रथम पुर्व राष्ट्रपति डा. रामबरण यादवले बिहिवार उद्घाटन गरेसंगै महायज्ञ तथा धार्मिक शैक्षिक महोत्सव औपचारीक रुपमा शुरभएको हो ।


    ADVERTISEMENT

    images


    उद्घाटन समारोहलाई सम्बोधन गर्दै पुर्व राष्ट्रपति डा. यादवले बर्दिया जिल्ला प्राकृतिक दृिष्टले भरिपुर्ण भएको भन्दै यहाँको बनजंगल, नदि नाला, बर्दिया राष्ट्रिय निकुञ्ज लगायतका क्षेत्र भएका कारण बर्दियाली नागरिकहरु निकै शौभाग्यशाली भएको बताउनु भयो । प्रकृतिको संरक्षणमा विशेष जोड दिदैं उहाँले भन्नु भयो,–‘प्रकृति रहेन भने मानव सभ्यता र संस्कृति हराएर जान्छ ।’
    बुधवार र विहिबार बर्दिया जिल्लाको प्राकृतिक तथा पर्यटकिय क्षेत्रको अवलोकन गर्नु भएका पूर्व राष्ट्रपति यादवले बर्दियाबासी नागरिकहरुले गरेको सत्कार एवं प्रकृति र मानवविचको सम्बन्धको विषयमा प्रशंसा समेत गर्नु भयो ।


    शैक्षिक क्षेत्रका विकासका निम्ती अयोजना गरिएको ज्ञान महायज्ञले यहाँको शिक्षामा देखिएको समास्या समाधान हुनेमा आफु विश्वस्त रहेको वताउँदै पूर्व राष्ट्रपति यादवले भन्नुभयो,–‘देशमा समृद्धि स्थापित गर्नका निम्ती शिक्षाको उच्चतरिकाले विकास गर्नुका साथै हरेक गाँउठाउका बालबालिकाहरुले सहजरुपमा शिक्षा प्राप्त गर्ने बाताबरण राज्यले निर्माण गर्नु पर्छ ।
    बारबर्दिया नगरपालिका वडा नम्बर ६ मा अवस्थित सदाशिव बहुमुखी क्याम्पसमा विहिबार देखि शुरुभएको महायज्ञ तथा धार्मिक शैक्षिक महोत्सव मंसीर २६ गते सम्म चल्ने मुल समारोह समितिका संयोजक बिपिन कुमार पोखरेलले जानकारी दिनुभयो । उच्च शिक्षा सुनिश्चितताका लागि ज्ञान महायज्ञ भन्ने नाराका साथ वाचक प्रवीण पण्डित श्री दीनबन्धु पोखरेलको वाचकत्वमा शुक्रबार देखि विभिन्न धार्मिक प्रवचन संचालन हुने आयोजकले जनाएको छ ।


    महायज्ञ तथा धार्मिक शैक्षिक महोत्सव बाट बिभिन्न दानबिर दाताहरु, संघ संस्था त्यसैगरी संघ, प्रदेश र स्थानीय सरकार लगायत राष्ट्रिय अन्तराष्ट्रिय गरी ७ करोड संकलन हुने र खाना, मंच व्यवस्थापन, यातायात, प्रचार प्रसार लगायतका विभिन्न शिर्षकमा ६० लाख बरावर खर्चहुने आयोजकको अनुमान छ ।
    महायज्ञ तथा धार्मिक शैक्षिक महोत्सव सम्पन्न गर्नका लागि २७ सदस्यीय बिशेष सचिवालय समिति, ७५ सदस्यीय सचिवालय समिति र ६५ वटा बिषयगत उपसमितिहरु निर्माण गरिएको आयोजकले जनाएको छ ।
    वि.स. २०६७ सालमा त्रि.वि. बाट सम्बन्धन प्राप्त यस क्याम्पसमा मानविकि तथा शिक्षा संकाय तर्फ २ सय २५ जना विद्यार्थीहरु अध्ययनरत छन । क्याम्पसमा २१ जना शिक्षक तथा कर्मचारीहरु सेवारत छन ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij