बर्दियाको बारबर्दिया नगरपालिका ८ भगतपुरमा रहेको सरस्वती आधारभुत विद्यालयलाई दुई कोठे भवन हस्तान्तरण गरिएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा मुक्त कमैया तथा सुकुम्वासी संगम समाज बर्दियाले निर्माण गरेको भवन एक कार्यक्रमका बिच विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
भवन निर्माण गर्न परियोजनाले २६ लाख ७९ हजार ८ सय ५० रुपैया लगानी गरेको छ भने स्थानी समुदायले २ लाख २५ हजार ६ सय ७२ रुपैया बराबरको श्रमदान गरी २९ लाख ५ हजार ५ सय २२ रुपैयाँ लागेको मुक्तकमैया तथा सुकुम्बासी संगम समाजका अध्यक्ष भक्त बहादुर विक ले बताए ।
भवनलाई समयमा नै निर्माण सम्पन्न गरेकोमा समाजका अध्यक्ष वि.कलाई कदर पत्र सहित सम्मान गरीएको छ । भवन गुणस्तरीय र राम्रो भएको भन्दै उनीहरुलाई सम्मान गरीएको प्लान नेपालले जनाएको छ ।
कार्यक्रममा बोल्दै बारबर्दिया नगरपालिकाका नगरप्रमुख दुर्गाबहादुर थारुले विकासका लागि संघसंस्थाले सचेतना मुलक कार्य सँगसँग भौतिक निर्माणका काममा समेत जोड दिनु पर्ने बताउनु भयो । सरस्वती आधारभुत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रत्न परियारको अध्यक्षतामा भएको कार्यक्रममा बारबर्दिया नगरपालिकाका नगर प्रमुख दुर्गा बहादुर थारु लगायत व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।