पूर्व राष्ट्रपति डा.रामवरण यादव बर्दिया आइपुग्नु भएको छ ।
बारबर्दियाको जयनगरमा रहेको सदाशिव बहुमुखी क्याम्पसमा मंसिर १९ गते विहीवार देखि आयोजना हुने धन धान्यञ्चल महायज्ञ उद्घाटन गर्न पूर्व राष्ट्रपति यादव एकदिन अगाडी बुधवार बर्दिया आईपुग्नु भएको हो ।
सदाशिव बहुमुखी क्याम्पसको भवन निर्माण कार्य पूर्ण गर्न सहयोग जुटाउने उद्देश्यले आयोजित महायज्ञको राष्ट्रपति यादवले विहीवार दिउँसो १ बजे उद्घाटन गर्ने कार्यकम रहेको मूल समारोह समितिका संयोजक विपिन पोख्रेलले बताउनु भयाे ।
महायज्ञसदाशिव क्याम्पस प्राङ्गणमा २६गते सम्म चल्ने छ ।
पूर्व राष्ट्रपति यादवले आजै गुलरिया नगरपालिकाको खैरापुर क्षेत्रमा रहेको कृष्णसार संरक्षण क्षेत्रको अवलोकन गर्नु भएको छ ।

त्यस पछि उहाँ खाता कोरिडर अवलोकन गर्दे बर्दिया राष्ट्रिय निकुञ्ज पुग्नु भएको छ ।
आज निकुञ्जमा बास बस्ने र विहीवार बिहान जंगल सफारी गरी दिउँसो महायज्ञ उद्घाटन गर्ने पूर्व राष्ट्रपति यादवको कार्यकम छ ।