Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बढैयाताल गाउँपालिकाकाे ६ नम्बर वडा बालविवाह मुक्त वडा घोषणा

  • बर्दिया टुडे
  • 5.4K
    SHARES
  • बर्दियाको बढैयाताल गाँउपालिका अन्र्तगतको ६ नम्बर वडा बालविवाह मुक्त वडा घोषणा गरिएको छ ।

    हामी सवैको एक्यवद्धता, बालविवाह साझा प्रतिवद्धता भन्ने मुल नाराका साथ ५ नम्बर प्रदेशका प्रदेश सभा सदस्य कविराम थारुको प्रमुख आतिथ्यतामा भएको बालविवाह मुक्त वडा घोषणा कार्यक्रममा वडा बासी, राजनितिक दलका प्रतिनिधी, स्थानिय जनप्रतिनिधी, विद्यार्थी, बडघर, बुद्धिजिवी, आमा समुह, तथा बालविवाहबाट प्रभावितसमुह लगायतको उपस्थितीमा बालविवाह मुक्त वडा घोषणा गरिएको हो ।


    ADVERTISEMENT

    images

    कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी सहितको प्रस्तुतिका साथ भएको बालविवाह मुक्त वडा घोषणा कार्यक्रममा उपस्थित सरकारी तथा गैरसरकारी संघसस्थाका प्रतिनिधीहरुको उपस्थितमा सो वडालाई बालविवाह मुक्त वडा घोषण गरिएको छ ।
    कार्यक्रममा उपस्थित विभिन्न निकायका प्रमुख तथा प्रतिनिधीले साझा प्रतिवबद्धता व्यक्ति गर्दै बढैयाताल गाँउपालिकाको वडा नम्बर ६ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको अवास संंस्थाकी कार्यकारी निर्देशक पवित्रा शाहीले जानकारी दिईन् । बढैयाताल गााउपालिका वडा नम्बर ६ लाई सदाबाल विवाह रहित प्रतिबद्ध रहने, बडा तथा टोल तथा समाजमा भएका बालविवाहका घटनालाई नेपाल प्रहरीलाई जानकारी दिने लगायतका ९ वटा बुँदा उल्लेख गर्दै समुहिक प्रतिवद्धता जनाइएको वडा नम्बर ६ का वडा अध्यक्ष रामहरष थारुले बताए । कार्यक्रममा बोल्दै अध्यक्ष थारुले बाल विवाह प्रति सचेत रहेको बताउँदै विवाह गर्नु पुर्व वडा कार्यलयको अनुमति पत्र लिएर मात्र विवाह गर्ने गराउने, समाजिक तथा कानुनी अपराध बालविवाहको अभियानमा आजै बाट क्रियाशिल भई कार्य गर्ने प्रतिवद्धता जनाएका छन ।
    बढैयाताल गाँउपालिकाकी उपाध्यक्ष दिपा कुमारी गौतमले वडालाई बालविवाह मुक्त वडा घोषणा भएको भन्दै विभिन्न सरोकारवाला निकायले समाजमा भएको विभिन्न समस्याहरुलाई समाधान गर्न सवै पक्षसंग सहकार्य गर्दै वडालाई दिगो रुपमा बालविवाह वडा बनाइ राख्नु पर्ने धारण व्यक्त गरिन । बढैयाताल गाँउपालिका वडा नम्बर ६ को आयेजनामा भएको कार्यक्रममा जिल्ला समन्वय समिती बर्दियाका प्रमुख शंकर प्रसाद थारु, गाँउपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ, अवाज संस्थाकी कार्यकारी निर्देशक पवित्रा शाही, नागरिक समाज संजाल , विभिन्न राजनितीक दलका प्रतिनिधी समेतकाे उपस्थिती रहेकाे थियाे ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij