Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

सोनाहा विकास समाज द्वारा जिल्लाका विभिन्न ९ वटा विद्यालयहरुमा सूचना तथा सञ्चार प्रविधि सामग्रीहरु हस्तान्तरण

  • बर्दिया टुडे
  • 5.8K
    SHARES
  • सोनाहा विकास समाजले डिजिटल शिक्षण बिधिका लागी जिल्लाका विभिन्न ९ वटा विद्यालयहरुमा सूचना तथा सञ्चार प्रविधि सामग्रीहरु हस्तान्तण गरेको छ ।
    गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा साझेदारी संस्था सोनाहा विकास समाज द्वारा स्मार्ट क्लास रुम परियोजना मार्फत विद्यालयहरुलाई सूचना तथा सञ्चार प्रविधि सामग्रीहरु हस्तन्तरण गरिएको हो ।
    राजापुर नगरपालिकाको कालिका माध्यमिक विद्यालय चनौरा, तथा गेरुवा गाउँपालिको एकप्रिय राठौर माध्यमिक विद्यालय पाताभार,जनता मा. वि. गोला, नेपाल राष्ट्रिय गणेश मा. वि मनाउ, नेपाल राष्ट्रिय आधारभूत विद्यालय गिदरपुर,सरस्वती आधारभूत विद्यालय तथा मधुवन नगरपालिकाकको भृकुटी मा. वि. चित्तले, शिवदुर्गा आधारभूत विद्यालय दुर्गापुर र नेपाल राष्ट्रिय मा. वि. पूर्णपुर लाई कम्युटर, प्रोजेक्टर, ल्यापटप, साउन्ड सिस्टम, प्रिन्टर, लगायतका सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।


    ADVERTISEMENT

    images


    हस्तान्तरण कार्यक्रममा गुड नेवर्स ईन्टरनेशनल नेपालका जिल्ला संयोजक श्री तेज प्रसाद शर्माले विद्यार्थीको सिकाई उपलब्धि सुधार गर्नमा डिजिटल शिक्षण बिधिले थप सहयोग पु¥याउने भएकाले सूचना तथा सञ्चार प्रविधि सामग्रीहरु प्रदान गरिएको उल्लेख गर्दै सामाग्रीहरुको उचित प्रयोग, संरक्षण, साथै मर्मत सम्भारको जिम्मेवारी विद्यालय स्तरबाट गरिनु पर्ने कुरामाजोड दिनुभयो ।
    उहाँले भन्नुभयो,–‘ विद्यालयले यस्तो डिजिटल शिक्षण बिधि संचालनकालागि थप सामाग्री स्थानिय निकायबाट समन्वय गरी ब्यवस्थापन गर्न सकेमा शिक्षाको गुणस्तरमा राम्रो सुधार गर्न सकिन्छ ।’

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij