Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

सर्वसाधरणहरुको मन जितेका प्रजिअ रामबहादुर कुरुम्बाङ्गको भब्य विदाई

  • बर्दिया टुडे
  • 3.1K
    SHARES
  • बर्दिया, गुलरिया– डेढबर्षको बसाईमा बर्दियाली जनताको मन जित्न सफल प्रजिअ कुरुम्बाङ्गको विदाईमा बर्दियाबासी भावुक बनेका थिए । डेढवर्ष अघि बर्दियामा सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गको बर्दियाबाट भव्य विदाई भएको छ । जिल्लाको विकासमा फड्को मार्न अहोरात्र खटिएर विकास प्रेमि प्रजिअ भनेर परिचित कुरुम्वाङ्गले जिल्लाको विकास निर्माण, शान्ति सुरक्षा, तस्करी, लागु औषध नियन्त्रण, सरकारी सेवा घर दैलोमा पुराएका कारण बर्दिया बासीले खुलेर उनको प्रशंसा गरेका थिए ।
    प्रजिअ कुरुम्बाङ्गले बर्दियाको बसाईमा यहाँका जनप्रतिनिधि, नागरिकबाट बर्दियाको विकासमा सहयोग भएका कारण बसाई अबस्मरणिय रहेको बताए । सर्वसाधरणको मन जितेका प्रजिअ कुरुम्बाङ्गको स्याङजा सरुवा भएको खवरले स्थानीय निराश भएका छन् । सेवाग्राहीको मन जितेर प्रिय बनेका प्रजिअ कुरम्बाङको जिल्लास्थित जनप्रतिनिधिले उनको सुखद भविष्यको कामना गरेका छन् । अभिभावको भूमिका रहेर प्रजिअले काम गरेको गुलरियाका नगरप्रमुख मुक्तिनाथ यादवले बताए ।‘ प्रजिअ कुरुम्बाङ्ग बर्दियाको बसाईमा असल प्रशासकको भुमिका निभाएका थिए । बर्दियाको विकासमा उनले गरेको भुमिकाले जिल्लाले फड्को मारेको यादव बताए । विदाई कार्यक्रममा नेपाल प्रहरीका एसपि राजेशनाथ वास्तोलालाई शान्तिसुरक्षामा उल्लेखनिय योगदान पुर्याएकोले जिल्ला प्रशासनले उच्च मूल्याकंन गरि प्रशंशा पत्र प्रदान गरेको थियो । ८ वटै स्थानीय तहको संयुक्त विदाई कार्यक्रममा जिल्ला स्थित राजनैतिक दलका प्रतिनिधि, सर्वसाधरण, नागरिक समाज, जिल्ला स्थित सरकारी कर्मचारी, बार एशोसिएसन, जनप्रतिनिधी, गैर सरकारी संस्थाका प्रतिनिधि, संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij