Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

एकप्रिय राठाैर र मानपुर माध्यमिक विद्यालयका ४६ जना छात्र छात्राहरूलाई छात्रवृत्ति प्रदान

  • बर्दिया टुडे
  • 20.2K
    SHARES
  • दलित सेवा संघ,बर्दियाद्वारा सीप विकास तथा शैक्षिक विकास सहयोग कार्यक्रम अन्तरगत एकप्रिय राठोर माध्यमिक द्यिालय पाताभार र मानपुर माध्यमिक विद्यालय मानपुरटपरामा अध्ययनरत ४६ जना छात्र छात्राहरूलाई छात्रवृत्ति प्रदान गरिएको छ ।
    गेरूवा गाउँपालिका वडा नं. ३ गणेशपुर निवासी समाजसेवी अरूणप्रकाश सिंह राठौरको समन्वयमा मेरिक्नोल फादर्स एण्ड ब्रदर्स यु.एस.ए.को सहयोगमा शैक्षिक सत्र २०७६ मा कक्षा ११ मा अध्ययनरत एकप्रिय राठोर माध्यमिक द्यिालय पाताभारका २३ जना र मानपुर माध्यमिक विद्यालय मानपुरटपराका २३ जना गरी जम्मा ४६जना छात्र छात्राहरुलाई प्रति विद्यार्थी १२ हजारका दरले आइतवार छात्रवृत्ति प्रदान गरिएको गरिएको हो ।


    ADVERTISEMENT

    images


    मेरिक्नोल फादर्स एण्ड ब्रदर्स यु.एस.ए.को सहयोगमा सञ्चालित शैक्षिक विकास सहयोग कार्यक्रम बर्दियाका बिभिन्न विध्यालयमा विगत ९ बर्ष देखि सञ्चालनमा आएको छ । कार्यक्रमको वारेमा जनकारी दिदैँ समाजसेवी तथा अरूणप्रकाश सिंह राठौरले कक्षा ११ का ९० जना र १२ का ९० जना गरि जम्मा १८० जनालाई छात्रवृत्ति प्रत्येक वर्ष प्रदान गरिदै आएको जानकारी दिनु भयो । उहाँले भन्नु भयो,–‘ कक्षा ११ मा छात्रवृत्ती पाउनेले १२ मा पनि यो छात्रवृत्ती पाउँछ ।’


    आज भन्दा ९ वर्ष अगाडि आर्थिक विपन्नताका कारण चाहाना हुदाँ हुँदै पनि उच्च शिक्षा पाउनबाट समाजका कुनै पनि बालवालिका बञ्चित नहोउन भन्ने उद्देश्यले आफूले कार्यक्रमको ढाँचा तयार गरी कार्यक्रम सञ्चालनका लागि मेरिक्नोल संग प्रस्ताव गरेको र प्रस्ताब स्विकृत भएपछि पहिलो चरण अन्तरगत मुक्त कमैया उत्थान केन्द्रको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको समाजसेवी राठौरले बताउनु भयो । उहाँले भन्नुभयो,–‘अहिले दोश्रो चरणको कार्यक्रम विगत ३ बर्ष देखि दलित सेवा संघ को सहकार्यमा चलिरहेको छ ।

    कार्यक्रमअन्तरगत यसबर्ष गुराँस मा. वि सानोश्री, त्रिभुवन मा. वि. भुरीगाउँ, मानपुर मा.वि. मनपुरटपरा र एकप्रिय मा. वि पाताभारमा ११ कक्षामा अध्ययनरत छात्र छात्रालाई छात्रवृत्ती प्रदान गरिएको सीप विकास तथा शैक्षिक विकास सहयोग कार्यक्रमका कार्यक्रम संयोजक जयराम थारुले बताउनुभयो । यसैगरी जनचेतना मा. वि. मंगलपुर, किसान मा. वि. बदालपुर, जनज्योती मा. वि. बकुवा शिवपुर, र चुरे मा. वि. बगनाहमा कक्षा १२ मा अध्ययनरत छात्र छात्रालाई छात्रवृत्ती प्रदान गरिएको पनि थारुले बताउनु भयो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij