झारफुक गर्ने बहानामा एक महिलालाई जबरजस्ती करणीको प्रयास गरेको आरोपमा बर्दियामा एकजना पक्राउ परेका छन् ।
गुलरिया नगरपालीका वडा नं.८ आशापुर बस्ने बर्ष ५१ को जगतनाथ लोध पक्राउ परेका हुन् ।
पक्राउ परेका लोधले मंसिर १० गते राती ८ बजे पेट दुख्ने बिरामी भएकी आफ्नै छिमेकी महिलालाई झारफुक गर्ने बहानामा गाँउकै बुढिया खोलामा लगी जबर्जस्ती करणी गर्न खोजेको पिडीतको आरोप छ ।
श्रीमान नजिक आउन नमिल्ने भन्दै पिडितको श्रीमानलाई करीब आधा किलोमिटरको दुरीमा राखी पिडित महिलालाई केही समय झारफुक गरे जस्तो गरी लाेधले आफ्नो लुगा समेत खोली जबरजस्ति करणी गर्ने प्रयास गर्न थालेपछि पिडीत लोधको पन्जाबाट फुत्केर उक्त स्थानबाट भागेकी थिइन् ।
पिडीतले प्रहरीलाई खबर गर्नासाथ जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमाण्डको प्रहरी टोलीले पिडक जगतनाथ लोधलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका लोध लाई जिल्ला प्रहरी कार्यालयमा राखी आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले बताउनु भयो ।