Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

समुदायस्तरमा जनचेतना जगाउन राजापुरमा सिकलसेल सम्वन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • बर्दिया टुडे
  • 4.3K
    SHARES
  • सिकलसेल रोगबारे समुदायस्तरमा जनचेतना जगाउने उदेश्यले सिकलसेल सम्वन्धि अभिमुखी करण कार्यक्रम राजापुरमा सम्पन्न भएको छ ।

    राजापुर नगरपालीकाका नगर प्रमुख शिब प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी प्रदेश नं. ५का सासद कृष्णा केसी रहनु भएको थियो ।


    ADVERTISEMENT

    images

    कार्यक्रममा बोल्दै पप्रमुख अतिथी केसीले सिकलसेल पुर्णरुपमा निको नहुने भएपनि यसको रोकथाम हुनसक्ने भएकोले उपचारमा ध्यान दिनु पर्ने बताउनु भयो उहाँले भन्नुभयो,–‘सिकल सेल पूर्णरुपमा निको हुदैन तर बाचुन्जेल औषधि खाएमा नियन्त्रण हुन्छ ।’

    सिकलसेल वारे हेर्दै आउनु भएका भेरी अन्चल अस्पतालका डा.राजन पाण्डेले सिकलसेल थारु समुदाय वाहेक अन्य जातीमा पनि हुने भएकाले हालसम्म ३ हजार जतीले १ लाखका दरले उपचार खर्च लिइसकेको जानकारी दिनुभयो ।

    कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले सिकलसेल रोग जाँचको मेसिन राजापुर प्राथमिक स्वास्थ्य केन्द्रमा राखीएको भएपनि प्राविधिक जनशक्तिको अभावले निरन्तरता दिन नसकेको भएपनि त्यसलाई पुर्नरुपमा संचालन गर्न लागी परेको बताउनु भयो ।

    कार्यक्रममा नगर उपप्रमुख श्री मनकला कुमारी चौधरी राजापुर नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत बसन्तराज अधिकारी, स्काईव नेपालका श्री प्रभु शाह, राजापुर नगरपालिका स्वास्थ्य शाखा लगायतका बिषयगत शाखाहरुका संयोजक, लगात संचारकर्मी सहभागी थिए ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij