Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बर्दिया प्रहरीद्वारा ५८ किलोग्राम लागुऔषध चरेस नष्ट

  • बर्दिया टुडे
  • 8.8K
    SHARES
  • जिल्ला प्रहरी कार्यालय बर्दियाले ५८ किलोग्राम चरेस नष्ट गरेको छ ।

    शुक्रबार जिल्ला अदालत बर्दियाका प्रतिनिधी, गुलरिया नगरपालिकाका प्रतिनिधी, जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रतिनिधी तथा प्रतिवादीहरु समेतको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक रामशंकर कोहारले बताउनु भएको छ ।


    ADVERTISEMENT

    images

    पुर्वी रुकुम घरभई हाल दाङ घोराई नगरपालिकामा बस्दै आएका ३४ वर्षिय राजकुमार पुनमगर, २७ वर्षिया जुनतारा पुन, ३४ वर्षिया सुनथामी बुढामगर, पुर्वी रुकुमको पुथा उत्तरगंगा गाउपालिका बस्ने २६ वर्षिया अस्मिता रामजाली र रोल्पाको दुईखोली गाउपालिका ८ घर भई हाल दाङको घोराई नगरपालिकामा बस्ने २९ वर्षिय खीम प्रसाद रोकामगरलाइ कार्तिक ३० गते सडक बाटोमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा५८ किलो लागुऔषध चरेससहित बर्दिया प्रहरीले गुलरिया नगरपालिका वडा नम्बर ७ स्थीत सडक बाटोबाट पक्राउ गरिएको थियो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij