Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

विप्लवका विद्यार्थी नेता सहित दुईजना राजापुरवाट पक्राउ

  • बर्दिया टुडे
  • 5.0K
    SHARES
  • विप्लव नेतृत्वका नेकपाका १ जना विद्यार्थी नेता सहित दुई जनालाई प्रहरीले बर्दियाको राजापुर बाट पक्राउ गरेको छ ।
    अछाम कुर्माखान गाउँपालिका वडा नं.४ बस्ने बर्ष २९का अखिल क्रान्तिकारीका बर्दिया जिल्ला अध्यक्ष राम वि.क. र  कैलालीकाे जानकी गाउँपालिका वडा नं.९ बस्ने बर्ष २७ को बम बहादुर ताम्राकारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
    लुकीछिपी बसेको अवस्थामा राजापुर नगरपालिका वडा नं. ४ बाट जिल्लाप्रहरी कार्यालयबाट साधा पोषाकमा खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।
    उनीहरुलाई विहीबार साँझ ५ बजे प्रहरीले नियन्त्रणमा लिएको थियो ।
    पक्राउ परेका उनिहरुलाई जिल्ला प्रहरी कार्यालय बर्दियामा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

     


    ADVERTISEMENT

    images

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij