नेपाल रेडक्रस साेसाईटी,शिवगंगा आँखा उपचार केन्द्र गुलरियाकाे आयाेजनामा किसान मा वि वनकट्टीमा एक दिने आँखा कान शिविर मंगलबार सम्पन्न भएको छ ।
शिविरमा १ सय ६३ जनाकाे आँखा एवम् ५९ जनाकाे कान परिक्षण गरिनुका साथै ३५ जना आँखाका विरामीहरूलाई माेतिविन्दुकाे अपरेसनका लागि सिफारिस गरिएकाे नेपाल युवा रेडक्रस सर्कल किसान मा वि वनकट्टीका शिक्षकनायक शान्ति शर्माले जानकारी गराउनु भएकाे छ ।
शिविरमा आँखाका विरामीहरूकाे चिकित्सक कृष्ण मिश्र र कानका विरामीहरूकाे मनाेज ज्ञवालीले परिक्षण गर्नु भएको थियोे ।
शिविरकाे क्रममा ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठ,शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख रामहरि रिजाल,वडा नं.५ का वडाध्यक्ष गंगाराम जैसी र नेपाल रेडक्रस साेसाईटी,ठाकुरवावा उपशाखाका सभापति यज्ञ नेपाल लगायतका महानुभावहरूले अवलोकन गरि जानकारी लिनु भएको किसान मा वि वनकट्टीका संरक्षक /प्रधानाध्यापक नवराज ढुंगानाले जानकारी गराउनु भएको छ ।