Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

सिकलसेल एनिमिया रोग पहिचानका लागि रगत परिक्षण सेवा शुरु

  • बर्दिया टुडे
  • 5.2K
    SHARES
  • बर्दियामा बाँसगढी नगरपालिकाले थारु जातिमा बढि देखिएको सिकलसेल एनिमिया रोग पहिचानका लागि रगत परिक्षण सेवा शुरु गरेको छ ।

    नागरिकलाई सहज पहुँच गराउनका लागि बाँसगढी नगरपालिका ५ स्थित मोतिपुर स्वास्थ्य चौकीमा सिकलसेल एनिमिया रोग परिक्षण सेवा शुरु गरिएकाे हाे ।
    स्थानीय स्तरबाट सिकलसेल एनिमिया रोग पहिचानका लागि रगत परिक्षण सेवा आफैले शुरु गर्ने बाँसगढी नगरपालिका स्थानीय सरकार नेपालमै पहिलो भएको छ ।
    सिकलसेल एनिमिया रोग पहिचानका लागि रगत परिक्षण सेवा शुरु गर्न नगरपालिकाबाट १७ लाख ४० हजार दुई सय र अन्य गरी १८ लाख खर्च लागतमा ल्याब स्थापना गरिएको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अम्मर राज खत्रीले बताउनु भयो ।
    करिब ५० प्रतिशत जनसंख्या थारु समुदायकको रहेको बाँसगढी नगरपालिकामा बिशेष गरेर थारु समुदायमा सिकेलसेल रोग गम्भिर स्वास्थ्य समस्याको रुपमा रहेको एक अनुसन्धानले देखाएको छ ।
    बाँसगढी नगरपालिका मयेर सालिकराम अधिकारीले संविधानमा जनतालाई स्वास्थ्य अधिकार मौलिक हकको रुपमा रहेको भन्दै त्यसलाई पुरा गर्न स्थानीय तह सरकार बाँसगढी नगरपालिका जहिले पनि तत्पर रहेको बताउनु भयो । सोही तत्परताको कारणले नै सिकलसेल एनिमिया रोग थाहा लगाउन रगत परिक्षण गर्न सेवा शुरु गरिएको बताउनु भएको छ ।
    भेरी अञ्चल अस्पताल का डा. राजन पाण्डेले निरन्तर अनुसन्धान गर्नुको साथै समुदायलाई यस रोगको बारेमा विगत केही वर्ष देखिसचेत पार्दै आउनु भएको छ । मोतिपुर स्वास्थ्य चौकीमा स्थापना भएको परिक्षण केन्द्रमा महिना एक दिन शिकलसेल एनिमिया रोग परिक्षण पहिचानको लागि रगत परिक्षण कार्यमा निशुल्क सेवा दिने पाण्डेले बताउनु भयो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij