दलित सेवा संघ,बर्दियाद्वारा सीप विकास तथा शैक्षिक विकास सहयोग कार्यक्रम अन्तरगत चुरे माध्यमिक विद्यालय,वगनाहाका २२ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको छ ।
गेरूवा नगरपालिका पाताभार निवासी समाजसेवी अरूणप्रकाश सिंह राठौरकाे समन्वयमा मेरिक्नाेल यु.एस.ए.काे सहयोगमा शैक्षिक सत्र २०७५ मा चुरे मा वि मा कक्षा ११ मा अध्ययनरत २२ जना विद्यार्थी हरूलाई छात्रवृत्ति प्रदान गरिएकोमा यस वर्ष १२ मा अध्ययनरत साेहि २२ जना विद्यार्थीहरूलाई प्रति विद्यार्थी १२ हजारका दरले छात्रवृत्ति प्रदान गरिएको दलित सेवा संघ,बर्दियाले जनाएको छ ।

यसैगरी दलित सेवा संघले छात्रवृत्ति प्रदान गरेका विभिन्न विद्यालयका ९० जना विद्यार्थी मध्ये कक्षा ११ काे नतिजामा उत्कृष्ट दाेस्राे स्थान प्राप्त गर्ने चुरे मा वि कै कल्पना जैसीलाई रू ५ हजार प्राेत्साहन पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रममा ठाकुरवावा नगरपालिका वडा नं.३ का वडाध्यक्ष श्रीकृष्ण थारू,समाजसेवी अरूणप्रकाश सिंह राठौर,समाजसेवी डवलसिंह साउंद,चुरे मा वि का निमित्त प्रधानाध्यापक यज्ञ नेपालले विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै छात्रवृत्ति रकमकाे पूर्ण सदुपयोग गरि अध्ययन कार्य अगाडि बढाउन बिद्यार्थीहरूलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा दलित सेवा संघका प्रतिनिधी,अभिभावक,शिक्षक र विद्यार्थीहरूकाे सहभागीता रहेकाे शिक्षक असिमकुमार पाैड्यालले जानकारी गराउनु भएको छ ।