Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

राजिपुरमा पाटे बाघको आक्रमण, बस्ती त्रासमा

  • बर्दिया टुडे
  • 19.6K
    SHARES
  • बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर ४ राजिपुरमामा पाटे बाघको त्रास बढेको छ । बाघले २ वटा गोरुलाई आक्रमण गरेरेसँगै त्रास बढेको हो ।
    बाघले गेरुवा ४ राजिपुर निबासी अतवारी थारुको गोठमा बाँधेर राखेको दुईवटा गोरुलाई आईतवार राती आक्रमण गरेको थियो । आक्रमण बाट थारुको एउटा गोरु मरेको छ भने अर्को सक्त घाइते रहेको गेरुवा ४ गोलाका चैतु थारुले जानकारी दिए ।
    पछिल्लो समय बर्दिया जिल्लामा बाघको आक्रमण बढेको छ ।
    बाघ आक्रमण बढेसँगै निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन् । मानव बस्तीमै पुगेर बाघले आक्रमण गरेको घटना बढ्न थालेपछि निकुञ्ज क्षेत्रका बासिन्दाको सुरक्षा जोखिम बढ्न थालेको छ ।
    बर्दियाका राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि भएसँगै निकुञ्जमा आहाराको कमी भएपछि मध्यवर्ती क्षेत्र हुँदै मानव बस्तीतर्फ बाघ पस्न थालेका छन् । निकुञ्जमा बाघका लागि आवश्यक आहारा नभएपछि आहाराको खोजी गर्दै बाघ मानव बस्तीमा प्रवेश गर्न थालेका हुन ।
    निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेपछि मानवसँगको द्वन्द्व बढ्न थालेकाले यसको न्यूनीकरणका लागि निकुञ्जले पहल गर्नुपर्ने स्थानीयवासीको माग छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij