Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

आधुनिक चामल कारखानाले थाल्यो साेमवार देखि मकवानपुर धानको खरिद

  • बर्दिया टुडे
  • 6.2K
    SHARES
  • खाद्य व्यवस्था तथा व्यापारिक कम्पनी लि.को. राजापुर स्थित आधुनिक चामल कारखानाले साेमवार देखि मकवानपुर धान खरिद सुरु गरेको छ ।
    जिल्ला स्थित मुल्य निर्धारण समितिले निर्धारण गरे बमोजिमको मूल्यमा खाद्य व्यवस्था तथा व्यापारिक कम्पनी लि.को. राजापुर स्थित आधुनिक चामल कारखानाले मकवानपुर धान खरिद शुरुगरेको हो ।
    आर्थिक वर्ष २०७६र ७७ का लागि सरकारले मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ५ सय ३२ रुपैयाँ ८० पैसा र मध्यम धानको समर्थन मूल्य २ हजार ६ सय ७३ रुपैयाँ १६ पैसा तोके पछी जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको अध्यक्षतामा कार्तिक २८ गते बसेको मुल्य निर्धारण समितिको बैठकले खाद्य व्यवस्था तथा व्यापारिक कम्पनी लि.को. राजापुर  स्थित आधुनिक चामल कारखानाले खरिद गर्नेगरी मोटा धान प्रति क्विन्टल २ हजाई ५ सय ३२ रुपैया ८० पैसा र मकवानपुर धानको २ हजार ७ सय निर्धारण गरेको थियो ।
    बर्दियामा राजापुर क्षेत्रको ८० प्रतिशत भु–भागमा लगाइने मकवानपुर धान मोटा जस्तै भएतापनि हरेक वर्ष यसको मुल्य मोटा भन्दा बढि हुने गरेको छ । तर नेपाल सरकारले मोटा धानमै सुचिकृत गरेर सोही सरह मुल्य निर्धारण गरेको र जिल्लामा बसेको बैठकले मकवानपुर धानको २ हजार ७ सय निर्धारण गरेर कार्यान्वयनको लागि समर्थन लिन केन्द्रमा पत्रचार गरेको थियो ।
    केन्द्रबाट स्वीकृति आएपछी मकवानपुर धान खरीद शुरु गरिएको खाद्य व्यवस्था तथा व्यापारिक कम्पनी लि.को. राजापुर स्थित आधुनिक चामल कारखानाका प्रमुख रेवन्त्त रावलले बताउनु भयो ।
    मकवानपुर धानको मुल्य नपाउँदा निरास भएका भौंरा टप्पा क्षेत्रका किसानहरु खाद्य ब्यवस्था तथा ब्यापारिक कम्पनी लि. राजापुरले मकवानपुर धान खरिद गर्न थाले पछि बजारमा निजि धान गल्ला ब्यापारीले दिने भन्दा बढी मुल्य पाउँदा खुशी भएका छन् ।
    बजारमा निजि धान गल्ला ब्यापारीले मोटा धान प्रति क्विन्टल २ हजार २ सय र मकवानपुर धान २ हजार ५ सय ५० मा किसानहरुसंग खरिद गरिरहेका छन् ।
    यस वर्ष ४५ हजार हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य कम्पनीको रहेकोे छ । यसका लागि कम्पनीमै र तत्काल कैलालीको सत्तीमा गरि दुई ठाउँमा खरिद केन्द्र स्थापना गरिएको खाद्य ब्यवस्था प्रमुख रावलले वताउनु भयो । जनशक्ति ब्यवस्थापन गर्न सकेको अवस्थामा किसानहरुलाई पायक पर्ने अन्य ठाउँमा पनि खरिद केन्द्र स्थापना गर्ने पनि उहाँले बताउनु भयो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij