बर्दियाको राजापुर नगरपालिका १ नं. वडा स्थित सोनपुरमा श्री कालिका मा.वि. शैक्षिक,धार्मिक महोत्सव तथा धनधान्यान्चल ज्ञान महायज्ञको आयोजना गरिने भएको छ । विद्यालयमा प्राविधिक शिक्षा संचालन गर्नका लागि आर्थिक संकलन गर्ने उद्देश्यले महायज्ञको आयोजना गर्न लागिएको बताइएको छ । महायज्ञमा नेपालकै चर्चित कथा वाचक बालतपस्वी पण्डित उत्तम भट्ट महाराज द्धारा प्रवचन सुनाइने आयोजक बताइएको छ । पौष को १ गतेदेखि आयोजना हुने महायज्ञ ७ दिन सम्म संचालन हुने भएको छ । महायज्ञ १ नं. वडाका अध्यक्ष खुशी राम चौधरी को संयोजकत्वमा आयोजना गरिने भएको छ । स्थानीय क्षेत्र देखि प्राविधिक शिक्षा हाँसिल गर्न अन्यत्र जानु पर्ने समस्यालाई मध्य नगर गर्दै शिक्षा क्षेत्रमा विकास ल्याउन र यहाँका सामान्य परिवारका छोराछोरीहरुले पठन पाठनमा सहज वातावरण सिर्जना गराउन प्राविधिक शिक्षा सञ्चालन गर्न शैक्षिक ,धार्मिक महोत्सव तथा धनधान्यान्चल ज्ञान महायज्ञको आयोजना लागिएको हो ।