ठाकुरबाबा ३ वगनाहामा रहेको शिक्षक कल्याण वचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे २४ औं बार्षिक साधारण सभा चुरे मा वि वगनाहाकाे सभाहलमा सम्पन्न भएको छ ।
साधारण सभाकाे उद्घाटन गर्दै संस्थाका संस्थापक एवम् सल्लाहकार समितिका पूर्व संयाेजक मदन ज्ञवालीले विगतमा सानाे रकमवाट सुरूवात गरिएको सहकारीले शिक्षकहरूकाे आर्थिक उन्नति र प्रगतिमा सहयोग गरिएको विचार व्यक्त गर्नु भयो ।
संस्थाका अध्यक्ष कृष्णप्रसाद पाैड्यालकाे अध्यक्षतामा संचालित साधारणसभाकाे अवसरमा संस्थाका संस्थापक चुरे मा वि वगनाहाका सेवानिवृत शिक्षक तिलकप्रसाद शर्मालाई सम्मान गरिएको छ ।यसैगरी उच्चतम वचतकर्ता राेमहर्षनाथ याेगी,उच्चतम सन्तति वचतकर्ता शिवा याेगी,असल ऋणी भावना सांवद र उच्चतम सेयर खरिदकर्ता धनबहादुर रत्गैंयालाई सम्मान गरिएको छ ।

साधारण सभामा सचिव यज्ञप्रसाद नेपालले वार्षिक प्रगति प्रतिवेदन तथा प्रस्तावित कार्यक्रम,काेषाध्यक्ष ओमराज ढुंगानाले आर्थिक प्रतिवेदन एवम् लेखा सुपरिवेक्षण समितिका संयाेजक हेमराज तिमिल्सैनाले लेखा समितिकाे प्रतिवेदन प्रस्तुत गर्नु भएको थियोे ।
साधारणसभामा यहि भाद्र १८ गते दिवंगत संस्थाका संस्थापक राममणी शर्मा र पूर्व सदस्य स्वर्गीय बमबहादुर खनाल प्रति श्रद्धाञ्जली अर्पण गरिएको थियोे ।
ठाकुरबाबा नगरपालिका र मधुवन नगरपालिका वडा नं.१ र २ का सामुदायिक विद्यालयहरू कार्य क्षेत्र रहेको संस्थामा हाल ८८ जना महिला र ११६ पुरूष गरि २०४ जना सदस्य रहेका छन् ।

संस्थाका सचिव यज्ञ नेपालद्वारा संचालित कार्यक्रममा उपाध्यक्ष लक्ष्मी पाैडेलले स्वागत एवम् संस्थापक मदन ज्ञवाली र सम्मानित व्यक्तित्व तिलकप्रसाद शर्माले मन्त्व्य व्यक्त गर्नु भएको थियोे ।
साधारण सभाले विभिन्न प्रस्ताव पारित गर्नुका साथै स्थापनाकाल देखिका काेषाध्यक्ष ओमराज ढुंगानाले कार्यव्यस्तताका कारण दिनुभएको राजिनामा स्वीकृत गरि संचालक समितिका सदस्य शान्ति शर्मालाई काेषाध्यक्षमा मनाेनयन गरेको छ।